काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउस तन्नेरी भएको बताएका छन् । फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले १८ वर्षको उमेरमा मान्छे तन्नेरी हुने चर्चा गर्दै फेसियल हाउस पनि तन्नेरी भएको बताएका हुन् ।
उनले अबको समाजमा हिजोको जस्तो आफूलाई महिला भनेर हीनताबोध गर्ने समय सकिएको भन्दै निडर भएर अघि बढ्न सम्पूर्ण महिला उद्यमीहरूलाई आग्रह गरे । अध्यक्ष महर्जनले महिलासँँग दृढ इच्छाशक्ति हुने हो भने त्यो महिला त्यो ‘सुष्मा महरा’ बन्ने दाबी गरे । देश विकास र समाजको उन्नतिका लागि फेसियल हाउसजस्ता उद्यम व्यवसायले सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनले जसले जे पेसा वा व्यवसाय गर्ने हो त्यसको गुणस्तरमा ख्याल गर्नुपर्ने भन्दै उनले हरेक उद्यमी व्यवसायीले उपभोक्ताको अधिकार संरक्षणमा जोड दिनुपर्ने चर्चा गरे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


