Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सबै नेपालीले काम गरे मात्रै आय बढ्छ : दिनेश श्रेष्ठ


ग्लोबल पाना
शुक्रबार, पुस ११ २०८२
  • 288
    SHARES

  • images
    सबै नेपालीले काम गरे मात्रै आय बढ्छ : दिनेश श्रेष्ठ

    काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सबै नेपालीले काम गरे मात्रै आय बढ्ने बताएका छन् । नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सबै नेपालीले रोजगारी पाए आय बढ्ने बताएका हुन् ।

    images
    images
    images

    उनले व्यवसायीको हितका लागि आफूले सानै उमेरदेखि आवाज उठाउने गरेको चर्चा गर्दै नेपालमा ठूलो स्वरले कराउने हो भने मात्रै कानुन पास हुने अनुभव सुनाए । अस्थिर राजनीति र स्पष्ट कानुनको अभावका कारण मुलुकमा उद्योग–व्यवसाय सञ्चालन गर्नु धेरै समस्या रहेको उनले बताए । नेपालमा नमरेसम्म राजनीति गर्ने परम्पराप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले गलत कानुन बनाउँदा व्यवसायीले क्षति भोग्नुपर्ने तर गलत कानुन बजाउनेलाई कुनै हीनताबोध नहुने गरेको बताए ।

    साथै उनले राम्रो गर्दा गर्व गर्ने परम्पराको पनि विकास हुन जरुरी रहेको बताएका छन् ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ