काठमाडौं । नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष एवम् वरिष्ठ सौन्दर्यविद कमला श्रेष्ठले निकै लामो सङ्घर्षपछि सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएको बताएकी छिन् । नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले नेपालको सौन्दर्य व्यवसायले उद्योगको मान्यता पाएर क्रमशः व्यवस्थित बन्दै गएको बताएकी हुन् ।
उनले काम सुरू गरेर मात्रै सफलता नपाइने चर्चा गर्दै सुष्मा महरालाई हेरेर जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिनुपर्ने बताइन् । ‘सुष्माले यहाँसम्म आइपुग्न निकै दुःख र हन्डर खाएकी छिन् । धेरैलाई उनको बारेमा धेरै कुरा थाहा छैन । अहिले यति भन्छु– उनको लागि यहाँसम्म आउनु निकै साहसिक काम हो,’ उनले भनिन् । सरकारी निकाय र समाजसँग लडेर काम गर्न निकै गाह्रो रहेको उनको भनाइ छ ।
सो अवसरमा उनले ब्युटीसियन व्यवसायलाई कर लगाएको विषयमा लडेको स्मरण गर्दै तत्कालीन समयमा भ्याट हटाउँदा निकै मेहनत गरेको चर्चा गरिन् । आफूहरूकै संघर्षका कारण अहिले ९ कक्षादेखि १२ कक्षासम्म सौन्दर्य विषय पढाइ हुने र यो विषय यो क्षेत्रका लागि निकै खुसीको कुरा भएको बताइन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


