काठमाडौं । टोखा नगरपालिका वडा नं. ६ मा सञ्चालन गरिएको नगर सरसफाइ अभियानमा वडाध्यक्ष शान्ता पौडेलले नेतृत्वलाई व्यवहारमै उतार्दै आफैँ फिल्डमा खटिएर उदाहरणीय भूमिका निर्वाह गर्नुभएको छ । उहाँसँगै नगरपालिकाका प्रशासकीय प्रमुख कमल भट्टराई पनि सरसफाइ कार्यमा प्रत्यक्ष सहभागी हुनुभएको थियो ।
बिहानैदेखि शीतलवस्ती चोक केन्द्रित अभियानमा सक्रिय देखिनुभएकी वडाध्यक्ष पौडेलले सरसफाइलाई विकासको पहिलो आधार मानेर निरन्तर प्राथमिकतामा राख्दै आउनुभएको छ । इमान्दारिता, पारदर्शिता र कामप्रतिको बफादारीका लागि परिचित उहाँको कार्यशैलीले स्थानीय तहमा सुशासन र उत्तरदायी नेतृत्वको सकारात्मक सन्देश प्रवाह गरेको छ ।
अभियानको क्रममा प्रशासकीय प्रमुख भट्टराईले वडा नं. ६ नगर सरसफाइप्रति अत्यन्त संवेदनशील र सचेत वडा भएको उल्लेख गर्दै वडाध्यक्षको सक्रियता प्रशंसनीय रहेको बताउनुभयाे । उहाँले सरसफाइमा निरन्तर ध्यान दिँदै आएकोमा वडा कार्यालय, जनप्रतिनिधि र स्थानीयवासीलाई विशेष धन्यवाद समेत व्यक्त गर्नु भयाे । “टोखा नगरपालिका भित्र वडा नं. ६ सरसफाइका हिसाबले उदाहरणीय बनेकाे जनप्रतिनिधि, कर्मचारी र नागरिक एकै ठाउँमा उभिएर काम गर्नु आफैँमा सकारात्मक सन्देश हो,” भट्टराईले भन्नुभयाे ।
सरसफाइ अभियानमा जनप्रतिनिधि, सामाजिक संघ–संस्था, टोल विकास संस्था, क्लब, उपभोक्ता समिति तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता अभियानले सामुदायिक एकता बलियो बनाउने भन्दै निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
वडाध्यक्ष शान्ता पौडेलको फिल्डमै देखिने सक्रियता, जवाफदेहिता र जनमैत्री नेतृत्वका कारण वडा नं. ६ मा सरसफाइ तथा व्यवस्थापनमा स्पष्ट सकारात्मक परिवर्तन देखिएकाे पाईन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


