Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बालुवाटार बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको आग्रह: निर्वाचन सफल पार्न सबै दल एकजुट हुनुपर्ने


ग्लोबल पाना
शनिबार, पुस १२ २०८२
  • 496
    SHARES

  • images
    बालुवाटार बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको आग्रह: निर्वाचन सफल पार्न सबै दल एकजुट हुनुपर्ने

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा आयोजित बैठकमा तीन दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीत्रयसँग भेट गर्दै आगामी निर्वाचनलाई जसरी पनि सफल पार्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ । बैठकको सुरुवातमा प्रधानमन्त्री कार्कीले आफ्नाे निमन्त्रण स्वीकार गरी उपस्थित भएकोमा धन्यवाद दिँदै भन्नुभयो, “यो घर तपाईँहरूकै हो ।”

    images
    images
    images

    आफू न्याय क्षेत्रबाट आएको व्यक्ति भएको उल्लेख गर्दै उहाँले राष्ट्रपतिबाट प्राप्त निर्वाचन गराउने कार्यादेशअनुसार सरकार पूर्ण रूपमा चुनावको तयारीमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनलाई प्राथमिकतामा राख्दै रक्षाबाहेक आफ्ना जिम्मामा रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । “प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमै होमिनका लागि मैले यस्तो व्यवस्था गरेकी हुँ,” उहाँले भन्नुभयो ।

    बैठकमा प्रधानमन्त्रीले सबै दललाई निर्वाचनमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन आग्रह गर्नुभयो । “यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ,” उहाँले जोड दिनुभयो । दलहरू निर्वाचनका लागि तयार देखिनु सकारात्मक संकेत भएको उहाँको भनाइ थियो। सरकारले निर्वाचन आयोग तथा सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनेजति नै साधनको व्यवस्था गरिएको बताउनुभयो ।

    सुरक्षाकर्मीको मनोबल उच्च रहेको उल्लेख गर्दै उहाँले सरकार त्यस दिशामा सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो । अन्त्यमा प्रधानमन्त्री कार्कीले कुनै अन्योल नगरी राष्ट्रको भविष्यलाई ध्यानमा राख्दै स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचन सफल पार्न सबैलाई आह्वान गर्नुभयो । “यो हामी सबैको साझा जिम्मेवारी हो,” भन्दै उहाँले यही उद्देश्यका लागि बैठक आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ