Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल अपाङ्ग महिला संघको सामाजिक परीक्षण सम्बन्धी छलफल


आइतबार, पुस १३ २०८२
  • 979
    SHARES

  • images
    नेपाल अपाङ्ग महिला संघको सामाजिक परीक्षण सम्बन्धी छलफल

    काठमाडौं । नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्ति र विशेष गरी अपाङ्गता भएका महिलाहरूका लागि के कस्ता कामहरू गरियो भन्ने सन्दर्भमा यही पुस ११ गते काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी सामाजिक परीक्षणको अवस्था सार्वजनिक करण तथा छलफल गरेको छ ।

    images
    images
    images

    उक्त छलफलमा कार्यक्रमका प्रमुख अतिथि तथा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले समाज कल्याण परिषद्ले अपाङ्गताको क्षेत्रमा तथा अन्य संस्थाहरूले गरेका कार्यक्रमहरूको प्रचार प्रसार गरी हौसला प्रदान गर्नु पर्ने भन्दै नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाहरूका लागि गरेको काम प्रभावकारी भएको बताउनु भयो ।

    साथै उहाँले बुढानीलकण्ठ नगरपालिकाले सबै वडाहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्ने भनी बजेट छुट्टाएको, उनीहरूको क्षेत्रमा काम गर्नका लागि स्थानीय निकायहरूमा नै अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क पत्ता लगाउनु पर्ने, उनीहरूको सीप तथा प्रतिभा प्रस्फुटनको लागि अपाङ्गता महोत्सव जस्ता कार्यक्रमहरूको आयोजना गरिनु पर्ने बताउनु भयो । त्यसै गरी उहाँले नेपाल अपाङ्ग महिला संघले पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि सेवा सुविधा प्रदान गर्ने संघ संस्थाहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नु पर्ने भन्दै नेपाल अपाङ्ग महिला संघको आगामी कार्य सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    नेपाल अपाङ्ग महिला संघ विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूद्वारा स्थापना गरिएको एक सामाजिक भएकोले संस्थाले स्थापनाकाल देखि नै विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि काम गर्दै आएको छ ।

    यसै सन्दर्भमा सो छलफलमा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले सहभागी सबैलाई स्वागत गर्दै यस संस्थाले अपाङ्गता भएका महिलाहरूको लागि गरेको काम र प्रभावकारिता के कस्तो रहेको छ भनी जानकारी दिने र आगामी दिनमा उनीहरूको लागि के कस्ता कामहरू गर्न सकिन्छ भनी गरिएको छलफलका आधारमा प्राप्त सल्लाह सुझाव अनुसार काम गर्ने बताउनु भयो ।

    यसै क्रममा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले आगामी दिनमा नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाहरूको हितको लागि अध्यक्ष कोषको स्थापना गरी अहले सम्म गरेका कामहरूको प्रोफाइल सहितको भिडियो डकुमेन्ट्री तयार गर्न सकेका संस्थाले गरेका कामहरू अति नै प्रभावकारी हुने कुरामा जोड दिनु भयो ।

    उक्त छलफलमा काठमाडौँ महानगरपालिकाकी सामाजिक विकास विभागकी अधिकृत भवानी कपालीले नेपाल अपाङ्ग महिला संघले आज सम्म सञ्चालन गरेका कामहरू अति नै प्रभावकारी रहेको भन्दै काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्नका लागि संस्थालाई अनुदान सहयोग प्रदान गर्नुका साथै खेलकुदका कार्यक्रमहरू पनि सञ्चालन गरिएको, यसै महानगरपालिकाका वडाहरूमा निःशुल्क फिँजियो थेरापी सेवा प्रदान गर्नुका साथै कार्यालयमा ३ जना साङ्केतिक भाषा दोभासेको व्यवस्था गरिएको भन्दै संस्थालाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    त्यसै गरी समाज कल्याण परिषद्का सहायक निर्देशक प्रकाश भट्टले अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाहरूमा इमानदारिता रहेको र राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि गर्न नसकेको काम नेपाल अपाङ्ग महिला संघ लगायतका संघ संस्थाहरूले गर्नु भएको भन्दै गरिएका कार्यक्रमहरूको प्रगति विवरण ३/३ महिनामा बुझाउनु हुन सुझाव दिनु भयो ।

    नेपाल अपाङ्ग महिला संघले पुस ११ गते काठमाडौँमा आयोजना गरेको सामाजिक परीक्षणको अवस्था सार्वजनिक करणका विषयमा स्वतन्त्र सामाजिक परीक्षक उमङ्ग मैनालीले नेपाल अपाङ्ग महिला संघको सामाजिक परीक्षणका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । सो प्रस्तुतीकरणमा उहाँले कार्यालयको नीति, नियम, कार्यक्रम आयोजना, कार्यान्वयन र सेवा प्रवाह, आर्थिक, सामाजिक विकासमा गरेका समग्र योगदानको लेखाजोखा तथा मूल्याङ्कन गर्ने सहभागिता मूलक प्रक्रिया नै सामाजिक परीक्षण भएको बताउनु भयो ।

    साथै उहाँले प्रस्तुतीकरणका क्रममा सामाजिक जबाफदेहीताका कानुनी आधारहरू, संवैधानिक कानुनी अधिकार, सामाजिक परीक्षण, सामाजिक जबाफदेहीताका मुख्य ‍औजारहरु, सामाजिक परीक्षणको महत्वका बारेमा पनि प्रस्ट पार्नु भयो ।

    त्यसै गरी स्वतन्त्र सामाजिक परीक्षक उमङ्ग मैनालीले नेपाल अपाङ्ग महिला संघको परिचय गराउँदै संस्थाले अपाङ्गता भएका महिलाहरूको लागि सञ्जाल विस्तार, नीति नियम, राजनीतिक सहभागिता, आर्थिक सशक्तीकरण, पहुँचयुक्तता, समावेशिता, पुनर्स्थापनाका क्षेत्रमा काम गर्दै सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको र अहिले सम्म ७ वटा प्रदेशका ४५ वटा जिल्लाहरूमा १६३ वटा स्थानीय निकायहरूसँग सहकार्य गरेर काम गरेको भन्दै आगामी दिनमा नेपाल अपाङ्ग महिला संघले गर्ने कार्यहरूको बारेमा पनि बताउनु भयो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ