Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सीमित समूहको कब्जामा रहेको जग्गा वडाबासीको उपयोगमा ल्यायौँ, यो ठुलो कुरा हो : वडाध्यक्ष श्रेष्ठ


ग्लोबल पाना
सोमबार, पुस १४ २०८२
  • 369
    SHARES

  • images
    सीमित समूहको कब्जामा रहेको जग्गा वडाबासीको उपयोगमा ल्यायौँ, यो ठुलो कुरा हो : वडाध्यक्ष श्रेष्ठ

    काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २ ले लाजिम्पाटस्थित नर्सरी मार्गमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रारम्भ गरेको छ । यसअघि वडा कार्यालय लाजिम्पाट मार्गबाट नीलसरस्वती मार्गतर्फको सडक खण्डमा थियो । नवनिर्मित भवन निर्माणको लागत करबाहेक ४ करोड ९१ हजार ५२४ रुपियाँ हो ।

    images
    images
    images

    भवनको उद्घाटन गर्दै वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले, सार्वजनिक सम्पत्ति समूहको कब्जाबाट नागरिकहरुको सेवा गर्ने ठाउँमा रुपान्तरण गर्न पाउनु आफ्नो कार्यकालका महत्वपूर्ण काममध्येको एउटा भएको उल्लेख गर्नुभयो । त्यस्तै पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, पूर्वाधार निर्माणसँगै चुस्त सेवा प्रवाह हुने अपेक्षा गर्नुभयो । सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनले चर्चेको जमिनको क्षेत्रफल २ हजार ४४३ वर्गफुट छ । भवनको क्षेत्रफल १२ हजार ५२७ वर्गफुट छ ।

    भवन निर्माणको लागत अनुमान ओभरहेड, कन्टिजेन्सी र प्रोभिजनल समेत ५ करोड ५१ लाख ६ हजार ८५ रुपियाँ थियो । २०७८ बैशाख १५ गते निर्माण पक्षलाई कार्यादेश दिइएको थियो ।

    निर्माण सम्पन्न अवधि त्यसै वर्षको चैत मसान्त थियो । वडाको प्रशासनिक काम नयाँ भवनबाट थालिएपछि पुरानो भवनमा स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ