Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ड्रिम स्किन नेपालको नयाँ आउटलेटको भव्य उदघाटन


ग्लोबल पाना
मंगलबार, पुस १५ २०८२
  • 359
    SHARES

  • images
    ड्रिम स्किन नेपालको नयाँ आउटलेटको भव्य उदघाटन

    काठमाडौं । कोरियन स्किन केयरको विश्वसनीय ब्रान्ड Dream Skin Nepal ले काठमाडौँको दरबारमार्गमा आफ्नो नयाँ आउटलेटको भव्य उदघाटन गरेको छ । यसै अवसरमा Fynaza Accessories र The Fragrance Room को पनि औपचारिक रुपमा सुरुवात गरिएको छ ।

    images
    images
    images

    उद्घाटन समारोह दिउँसो 2:30 बजे सम्पन्न भएको थियो, जहाँ नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत पार्क ताए - योङ प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न उद्योगका प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका सेलिब्रेटी, मिडिया प्रतिनिधि तथा Dream Skin Nepal का ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै महामहिम राजदूत पार्क ताए-योङले नेपालमा कोरियाली उत्पादनहरूको बढ्दो लोकप्रियताप्रति खुशी व्यक्त गर्दै भविष्यमा नेपाल - कोरिया बीचको व्यापारिक सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

    Dream Skin Nepal का निर्देशक दिलीप कुमार यादव ले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै Dream Skin Nepal ले 100% authentic कोरियाली स्किन केयर, हेयर केयर तथा कस्मेटिक उत्पादनहरु आयात गरी नेपाली उपभोक्तामाझ पुयाउँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज Dream Skin Nepal को नयाँ आउटलेटसँगै हामीले Fynaza Accessories र The Fragrance Room को पनि उद्घाटन गरेका छौं, जहाँ ग्राहकहरुले आकर्षक ज्वेलरी तथा उच्च गुणस्तरका परफ्युमहरु पाउन सक्नुहुनेछ । भविष्यमा हामी हाम्रा ब्रान्ड र उत्पादनहरूको दायरा अझ फराकिलो बनाउँदै लैजाने योजनामा छौं ।”

    छोटो समयमै ग्राहकहरुको विश्वास जित्न सफल Dream Skin Nepal ले गुणस्तरीय कोरियाली उत्पादनमार्फत नेपाली उपभोक्ताको स्किन केयर अनुभवलाई नयाँ उचाइमा पुयाउँदै आएको छ । साथै, Fynaza Accessories र The Fragrance Room को सुरुवातसँगै कम्पनीले ज्वेलरी र परफ्युम क्षेत्रतर्फ पनि आफ्नो व्यापार विस्तार गर्दै गएको स्पष्ट संकेत देखिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ