Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचन नै दिगो लोकतन्त्रको एक मात्र माध्यम : प्रधानमन्त्री सुशीला कार्की


ग्लोबल पाना
मंगलबार, पुस १५ २०८२
  • 274
    SHARES

  • images
    निर्वाचन नै दिगो लोकतन्त्रको एक मात्र माध्यम : प्रधानमन्त्री सुशीला कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम गर्दै दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र भरपर्दो माध्यम निर्वाचन रहेको बताउनुभएको छ । उहाँले निर्वाचन प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

    images
    images
    images

    आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकले अब अस्थिरता र अशान्ति थेग्न नसक्ने अवस्था रहेकाले आफ्ना माग तथा असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट अघि सार्नुपर्ने स्पष्ट पार्नुभयो । मुलुक निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प भएको बताउनुभयो । ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थातर्फ फर्काएका छौँ,’ उहाँले भन्नुभयो, ‘सबै प्रकारका संशयलाई चिर्दै देश पूर्ण रूपमा निर्वाचनको माहोलमा प्रवेश गरिसकेको छ । यस्तो अवस्थामा सबै पक्ष जिम्मेवार बन्नुपर्छ । यो देश मेरो पनि हो भन्ने भावना सबैमा हुनुपर्छ ।’

    प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै प्रसाईँलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्वीर उपहारस्वरूप प्रदान गर्नुभयो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकार सत्ताभोग र सुखसयलका लागि नभई न्याय स्थापना र सुशासनका लागि आएको स्पष्ट पार्नुभयो । ‘हामी पनि न्यायका पक्षधर हौँ,’ उहाँले भन्नुभयो, ‘भ्रष्टाचार अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरिसकेका छौँ । सबै नतिजा तुरुन्त देखिन नसक्लान्, तर हामी आधारशीला तयार पार्दै अघि बढिरहेका छौँ ।’

    प्रधानमन्त्री कार्कीले प्रसाईँले उठाएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको उल्लेख गर्दै आगामी दिनमा थप संवाद र छलफल जारी राखिने विश्वास व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ