Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

७ जना नगर प्रहरी निरीक्षकलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान


ग्लोबल पाना
बिहीबार , पुस १७ २०८२
  • 297
    SHARES

  • images
    ७ जना नगर प्रहरी निरीक्षकलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलका ७ जना नगर प्रहरी निरीक्षकलाई कायममुकायम नगर प्रहरी नायव उपरीक्षकको जिम्मेवारी प्रदान गरिएको छ । आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले, उहाँहरुलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

    images
    images
    images

    त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरु, विभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो । दज्र्यानी चिन्ह प्राप्त गर्नु हुनेमा लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल हुनुहुन्छ । समारोहमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, नगर प्रहरी बलको कामले महानगरपालिकाको सहरी व्यवस्थापनका क्षेत्रमा विगतको छवि सुधार भएको बताउँदै कामको प्रशंशा गर्नुभयो । ‘वृत्ति विकासका लागि अवसर खुला भएपछि पदोन्नतिका अवसर प्राप्त हुनेछन् ।

    यसबाट महानगरबासीले अनुभूति हुने सेवाका लागि काम बढ्दै जाने विश्वाश गरेका छौँ ।’ गुरागाईँले अपेक्षा गर्नुभयो । नगर प्रहरी बलले संगठनको स्थान प्राप्त गरेको छ । समारोहमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले भन्नुभयो, ‘महानगरबासीको दुःख सुखमा नगर प्रहरी छ भन्ने महसुस गराउनु पर्नेछ । यसका लागि हामीले महानगर प्रहरी ऐन जारी गरेका छौँ । काममा प्रोत्साहन गर्न सबै तहका प्रहरीलाई न्यायोचित पदोन्नतिको समान अवसर प्राप्त हुनेछ ।’ नगर प्रहरीलाई दर्ज्यानी चिन्ह मात्र प्राप्त भएको होइन । यो त जिम्मेवारी पनि थपिएको हो ।

    महानगर प्रहरी बलका प्रमुख पाण्डेले भन्नुभयो, ‘३३ वर्षपछि प्रहरी बलले आफ्नै ऐन प्राप्त गरेको छ । यसले नगर प्रहरीलाई वृत्ति विकासको समान अवसर प्रदान गरेको छ । हामीले यो अवसरलाई महानगरबासीको हित र सहरी व्यवस्थापनका लागि प्रयोग गर्नुपर्छ ।’ नगर प्रहरी, नेपालको संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार हो । काठमाडौँ महानगरपालिकाले वि. सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सेवा थालेको हो ।

    महानगरपालिकाको नीति, कानुन तथा निर्णय कार्यान्वयन, सहरी सुव्यवस्थापनका विविध क्षेत्रको व्यवस्थापन नगर प्रहरीको मुख्य जिम्मेवारी रहेका छन् । महानगर प्रहरी ऐनले प्रहरी बललाई कर्तव्य पालना, सेवामूलक, जनउत्तरदायी र गुणस्तरीय बनाउन निर्देशित गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ