Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल अपाङ्ग महिला संघको २५ औ वार्षिक साधारण सभाका अवसरमा कार्मचारीलाई सम्मान


शुक्रबार, पुस १८ २०८२
  • 524
    SHARES

  • images
    नेपाल अपाङ्ग महिला संघको २५ औ वार्षिक साधारण सभाका अवसरमा कार्मचारीलाई सम्मान

    काठमाडौं । नेपाल अपाङ्ग महिला संघको २५ औ वार्षिक साधारण सभा यही पुस १२ गते काठमाडौँमा सम्पन्न भएको छ । सो वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले पानसमा दीप प्रज्वलन गरेर गर्नु भयो । साथै उहाँले नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा पुर्या एको योगदानको प्रशंसा गर्दै काठमाडौँ महानगरपालिका पनि अपाङ्गता भएका व्यक्ति र महिलाका सवालहरू प्रति संवेदनशील रहेको र उनीहरूका लागि विगतका दिनहरूमा खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भयो ।

    images
    images
    images

    साथै उहाँले अगामी दिनमा नेपाल अपाङ्ग महिला संघ सँग सहकार्य गरेर अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि सहकार्य गरेर काम गर्न तयार रहेको भन्दै काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको लागि आगामी दिनमा के कस्ता कामहरू गर्न सक्छ सल्लाह सुझाव दिन आग्रह गर्दै नेपाल अपाङ्ग महिला संघ नेपालको २५ औ वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    नेपाल अपाङ्ग महिला संघ नेपालको २५ औ वार्षिक साधारण सभाको अवसरमा परामर्शदाता रिता श्रेष्ठ/ भद्राले नेपाल अपाङ्ग महिला संघले अहिले सम्म अपाङ्गता भएका महिलाहरूका लागि के कस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ र यी कार्यक्रमहरूको प्रभावकारिता के कस्तो रहेको छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो । जसमा नेपाल अपाङ्ग महिला संघ स्थापना गर्नुको उद्देश्य, लक्ष्य प्राप्त गर्नका लागि गर्न सकिने कार्यहरूका विषयमा प्रस्ट पार्दै आगामी दिनमा देश भरी रहेका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि सबै एक जुट भएर अगाडी बढ्नु पर्ने र सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

    यस कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी पूर्व अध्यक्ष तथा हालकी सल्लाहका निर्मला धिताले अपाङ्गता भएका महिलाहरूका विभिन्न बाधा तथा चुनौतीहरूको समाधानका लागि सबै एक जुट भएर काम गर्नु पर्ने भन्दै सरोकारवाला निकायहरूले पनि उनीहरूका लागि काम गर्न आवश्यक बजेट विनियोजन गर्नु पर्ने, उनीहरू माथि गरिने विभिन्न हिंसा न्यूनीकरण र न्यायका लागि सबैले वकालत तथा पैरवी गर्नु पर्ने भन्दै नेपाल अपाङ्ग महिला संघको २५ औ साधारण सभाको शुभकामना व्यक्त गर्नु भयो ।

    यसै क्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले सहभागी सबैलाई स्वागत गर्दै यस कार्यक्रमको क्रममा आएका सल्लाह सुझावका आधारमा अपाङ्गता भएका महिलाहरूको विविधतालाई समावेश गरी ७ वटै प्रदेशमा रहेका अपाङ्गता भएका महिलाहरूको आवश्यकता अनुसार कार्यक्रमहरू सञ्चालन गरिने बताउनु भयो ।

    नेपाल अपाङ्ग महिला संघको २५ औ वार्षिक साधारण सभाको अवसरमा यसै संस्थामा लामो समय देखि कर्मचारीको रूपमा कार्यरत कर्मचारीहरू आयुष्का श्रेष्ठ, प्रमिला श्रेष्ठ, तुल्सा थापा मगरलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरियो भने मस्तिष्क पक्षाघात अपाङ्गता भएकी ११ कक्षामा अध्ययनरत महिला शुभेच्छा खतिवडा र शारीरिक अपाङ्गता भएकी प्यारा एथलेटिक्स खेलाडी तथा विजेता प्रभा आङ्बाङ्गेलाई पनि दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ