Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

“योगदान राष्ट्रको लागि” र लायन्स क्लब अफ ईन्द अन्नपूर्ण को संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न


आइतबार, पुस २० २०८२
  • 366
    SHARES

  • images
    “योगदान राष्ट्रको लागि” र लायन्स क्लब अफ ईन्द अन्नपूर्ण को संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न

    काठमाडौं । शैक्षिक संस्था र सामाजिक नेतृत्वबीचको सहकार्यले समुदायस्तरमा प्रभावकारी सेवा दिन सकिने उदाहरणका रूपमा “योगदान राष्ट्रको लागि (Contribution for Nation)” र ॐ समाज डेण्टल अस्पतालको संयुक्त आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। उक्त शिविर ॐ समाज डेण्टल अस्पताल, हिमाल अस्पताल तथा कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित सिल्भर माउन्टेन कलेज (होटल म्यानेजमेन्ट) परिसरमा आयोजना गरिएको शिविर “प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो।

    images
    images
    images

    समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरबाट ६०० भन्दा बढी सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। दिउँसो १२ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सिल्भर माउन्टेन कलेजको सामाजिक प्रतिबद्धता शिविरको आयोजना स्थल बनेको सिल्भर माउन्टेन कलेज केवल शैक्षिक संस्था मात्र नभई सामाजिक उत्तरदायित्वप्रति पनि सक्रिय संस्था रहेको आयोजकहरूले बताएका छन्।

    कलेजका संस्थापक तथा अध्यक्ष समीर थापा स्वयं समाजसेवी व्यक्तित्व भएकाले शिक्षा र समाजसेवालाई सँगसँगै अगाडि बढाउँदै आउनुभएको छ। उहाँका अनुसार, सिल्भर माउन्टेन कलेज बिगत लामाे समयदेखि सञ्चालनमा रहेको हो र होटल तथा आतिथ्य व्यवस्थापन शिक्षामा गुणस्तरीय मापदण्ड स्थापित गर्दै आएको छ। सन् २०२६ मा २५ वर्षे गौरवपूर्ण यात्रा पूरा गर्न लागेको सिल्भर माउन्टेन कलेज नेपालमै पहिलो पटक विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर होटल व्यवस्थापन शिक्षा सुरु गर्ने निजी कलेजका रूपमा परिचित छ। कलेज १५० वर्ष पुरानो प्रतिष्ठित क्विन मार्गरेट युनिभर्सिटी, यूकेसँग सम्बन्धनमा इन्टरनेशनल हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    साथै नेपालमै पहिलो पटक चार वर्षे इन्टरनेशनल कुलिनरी आर्ट्स स्नातक डिग्री प्रदान गर्ने कलेज पनि यही हो। कलेजले शिक्षा केवल कक्षाकोठामा सीमित नराखी विद्यार्थीको सीप विकास, व्यावहारिक ज्ञान, करियर प्रगति र सामाजिक चेतनामा जोड दिँदै आएको जनाएको छ। यही दृष्टिकोणअनुसार सिल्भर माउन्टेन कलेजले स्वास्थ्य शिविर, सामाजिक अभियान तथा मानवीय सेवामा नियमित सहकार्य गर्दै आएको छ। शर्मिला थापाको नेतृत्वमा सामाजिक सेवा कार्यक्रमको प्रमुख संयोजन “योगदान राष्ट्रको लागि” काठमाडौं महानगर समितिकी पालिका अध्यक्ष शर्मिला थापाको नेतृत्वमा सम्पन्न भएको हो।

    सामाजिक सेवामा सक्रिय शर्मिला थापाले नागरिकको स्वास्थ्य सुरक्षाका लागि यस्ता निःशुल्क शिविरहरू अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्थानीय तहमा नागरिकले प्रत्यक्ष लाभ पाउने कार्यक्रम नै प्रभावकारी सामाजिक सेवा हो। आर्थिक अवस्था वा पहुँचका कारण कोही पनि उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो।” शर्मिला थापाको सक्रियतामा काठमाडौं महानगर समितिले स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर कार्यक्रम गर्दै आएको छ। उहाँको नेतृत्वमा समिति समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई प्राथमिकता दिँदै आएको सहभागीहरूको भनाइ छ।

    स्वास्थ्य सेवा र चिकित्सकीय योगदान शिविरमा सहभागी सेवाग्राहीहरूले निःशुल्क रूपमा सामान्य स्वास्थ्य परीक्षण, दन्त परीक्षण, आँखाको प्रारम्भिक परीक्षण, रक्तचाप तथा मधुमेह (सुगर) जाँच र आवश्यक चिकित्सकीय परामर्श सेवा प्राप्त गरेका थिए। प्रारम्भिक परीक्षणका क्रममा गम्भीर समस्या देखिएका सेवाग्राहीहरूलाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सिफारिस गरिएको आयोजकले जनाएको छ। दन्त स्वास्थ्य सेवाका लागि ॐ समाज डेण्टल अस्पतालका दन्त चिकित्सक डा. पूजा थापा र डा. दिक्ष्या चौधरीले दाँत, गिजा तथा मुखसम्बन्धी समस्याको परीक्षण र परामर्श सेवा प्रदान गर्नुभएको थियो।

    दन्त सहायक सबिता निरौलाले सेवाग्राहीहरूलाई उपचार प्रक्रियामा सहजीकरण गर्नुभएको थियो। सामान्य स्वास्थ्य परीक्षणका लागि हिमाल अस्पतालका डा. अनुज कुमार सिंह, डा. शृष्टि सुब्बा राई र डा. नितिन ज्ञवाली सम्मिलित मेडिकल टोलीले सेवा प्रदान गरेको थियो। आँखा परीक्षणतर्फ कीर्तिपुर आँखा अस्पतालका दुर्गा देवी श्रेष्ठ, रेणु चौधरी र नवीन उपाध्यायको टोलीले सेवा दिएको थियो। रक्तदान र सहकार्य शिविरसँगै रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसको समन्वय Krina Yogi Teamले गरेको थियो। साथै सामाजिक सहकार्यका रूपमा तारकेश्वर क्लब–६० पनि सहभागी रहेको थियो।

    आगामी योजना ॐ समाज डेण्टल अस्पतालले “सडकदेखि सदनसम्म” भन्ने मूल नारालाई आत्मसात् गर्दै निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। आयोजक संस्था “योगदान राष्ट्रको लागि” ले पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा यस्ता स्वास्थ्य तथा दन्त शिविरलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ