काठमाडौं । नेपाल अपाङ्ग महिला संघ अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारका लागि काम गर्ने एक गैर सरकारी संस्था हो । यस संस्थाले विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुको न्यायमा पहुँच, उनीहरुको जिवन यापन, हक अधिकार, सामाजिकिकरण लगायतका विषयमा वकालत तथा पैरवी गर्ने गर्दछ ।
यसै सन्दर्भा नेपाल अपाङ्ग महिला संघले Womankind Worldwide को सहकार्यमा जलवायु परिवर्तनका कारण अपाङ्गता भएका व्यक्तिहरूमा पर्ने असर सम्बन्धी २ दिने कार्यशाला काठमाडौँमा सम्पन्न गरेको छ । गत पुस १३ र १४ गते काठमाडौँमा आयोजना गरेको सो २ दुई दिने कार्यशालाको सहजीकरण यूनिफई नेपाल (UNIFY Nepal) रिसर्च लिड प्रीति साख र सहायक परियोजक दीपिका तामाङले गर्नु भएको थियो ।
सो दुई दिने कार्यशालामा आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले अपाङ्गता एक संवेदनशील वर्ग भएको र विभिन्न विपद्का क्रममा सुरक्षित रहनका लागि अन्य नागरिकहरूको तुलनामा कठिन हुने, अपाङ्गताको विविधताको कारणले उक्त विपद्का समयमा जोखिम हुने भएकोले जलवायु परिवर्तनले पनि अपाङ्गता भएका व्यक्तिहरूलाई कठिन हुने भन्दै यस विषयमा जानकारी गराउने उद्देश्यले उक्त कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।
साथै उहाँले यस कार्यशालामा जलवायु भनेको के हो, जलवायु परिवर्तन हुँदा अपाङ्गता भएका व्यक्तिहरूमा के कस्तो असर पर्ने र यसबाट सुरक्षित रहनका लागि राज्यले के कस्ता ऐन कानुन तथा नीति नियमहरू बनेका छन् र ती कार्यान्वयनको अवस्था के कस्तो रहेको छ र आगामी दिनमा यसबाट सुरक्षित रहनका लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्ने विषयमा यस कार्यशालामा जानकारी दिइने बताउनु भयो ।
नेपाल अपाङ्ग महिला संघले Womankind Worldwide को सहकार्यमा गत पुस १३ र १४ गते काठमाडौँमा आयोजना गरेको सो २ दुई दिने कार्यशालामा कार्यक्रमको सहजीकरण गर्दै यूनिफई नेपाल (UNIFY Nepal) रिसर्च लिड प्रीति साखले छोटो समयको लागि रहने पृथ्वीको कुनै स्थानको वायुमण्डलको अवस्थालाई मौसम भनिने र लामो समय अर्थात् ३० वर्ष भन्दा बढीको मौसमको औसत अवस्थालाई जलवायु परिवर्तन भनिने भन्दै जलवायुको बारेमा प्रस्तुतीकरण गर्नु भयो ।
साथै उहाँले हरित गृह र यसको प्रभाव, हरित गृह ग्यास उत्सर्जनमा विभिन्न देशहरूको योगदान, जलवायु परिवर्तनका क्षेत्रगत असरहरूका विषयमा प्रस्ट पार्नु भयो । त्यसै गरी अर्का सहजकर्ता यूनिफई नेपाल (UNIFY Nepal) का प्रीति तामाङले जलवायु परिवर्तनका प्रकारका विषयमा प्रस्ट पारिएको चित्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका प्रभावहरूका विषयमा जानकारी गराउनु भयो ।
यसै क्रममा जलवायु परिवर्तनले अपाङ्गता भएका व्यक्तिहरूमा कसरी असर पार्छ भन्ने विषयमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जनसङ्ख्या २.२ % रहेको यसले अपाङ्गता भएका व्यक्तिहरूलाई सूचनाको पहुँच, सञ्चार उपकरणको अभाव, भौतिक संरचनामा पहुँचमा असर गर्ने भन्दै जलवायु परिवर्तनले अपाङ्गता भएका व्यक्तिहरूमा पर्ने प्रभाव, यसको परिचय र महत्वका विषयमा पनि प्रस्ट पार्नु भयो ।
साथै उहाँले जलवायु परिवर्तनले बढाएका विद्यमान बाधाहरू अन्तर्गत शिक्षा, लिङ्ग, उमेर, क्षमता, धर्म, भाषा, राष्ट्रियता, संस्कृति रहेको बताउनु भयो । त्यसै गरी उक्त कार्यशालाको दोस्रो अर्थात् १४ गते सो कार्यशाला सहजकर्ता तथा यूनिफई नेपाल (UNIFY Nepal) रिसर्च लिड प्रीति साखले सन् २०११ देखि २०२१ सम्मका नेपालका जलवायु परिवर्तन सम्बन्धी नीतिहरूका बारेमा बताउँदै नेपाल सरकारले सन् २०१० देखि जलवायु परिवर्तनका विषयमा छलफल गर्न थालेको, सन् २०११ देखि नीति नियमहरू बनाएको र सन् २०१६ मा कार्यान्वयनका लागि पहल गरेको बताउनु भयो ।
साथै उहाँले जलवायु परिवर्तन नीति २०१९, स्थानीय अनुकूलन परिवर्तन नीति २०१९, राष्ट्रिय अनुकूलन योजना सन् २०२१ -२०५०, राष्ट्रिय रूपमा निर्धारित योगदान३ ३.०, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक, समानता, अपाङ्गता र सामाजिक समावेशीकरणका लागि रणनीतिक योजना २०२४, राष्ट्रिय जलवायु नीति २०७६ का विषयमा पनि जानकारी दिनु भयो ।
जसमा अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई पनि समावेश गरिएको भन्दै यसमा अपाङ्गतामा आधारित तथ्याङ्कको अभाव रहेकोले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि विशेष कार्यक्रमहरू बनाइनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी उहाँले स्थानीय अनुकूलन कार्य योजना (LAPA) विकासका चरणहरू, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणका लागि रणनीतिक कार्य योजना २०२४, रणनीतिक अवसरहरू लगायतका धेरै नीति नियमहरू बनेको भन्दै यसलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा रहेर कार्यान्वयन गर्नका लागि सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
नेपाल अपाङ्ग महिला संघले ७ प्रदेशका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागितामा काठमाडौँमा आयोजना गरेको जलवायु परिवर्तनका कारण अपाङ्गता भएका व्यक्तिहरूमा पर्ने असर सम्बन्धी आयोजना गरेको २ दिने कार्यशालामा विभिन्न समूह बनाएर आगामी दिनमा यसको असरबाट सुरक्षित रहनका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने तथा अन्य संघ संस्था र राज्य त्यसमा पनि वडा स्तरबाट के कस्ता कार्यहरू गर्नु पर्दछ भनी छलफल गरी १६ बुँदे माग पत्र तयार गरिएको थियो ।
आयोजक संस्था नेपाल अपाङ्ग महासंघ नेपालकी महासचिव देवकुमारी पराजुलीले यो दुई दिने कार्यशालाबाट जलवायु परिवर्तनका कारण अपाङ्गता भएका व्यक्तिहरूमा पर्ने असरको बारेमा गरिने छलफल र प्राप्त सल्लाह तथा सुझावका आधारमा तयार पारिएको १६ बुँदे मागहरू पूर्ण रूपमा संवोधन हुनु पर्ने भनी राज्यलाई बुझाउने र कार्यान्वयनका लागि हामी सबैले आ-आफ्नो स्थानबाट पहल गर्ने बताउनु भयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


