काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आज थारू कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलले भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारू राष्ट्रिय माघी महोत्सवमा उपस्थित हुन निम्तो दिएको छ । मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले आगामी माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजना हुने माघी महोत्सवका लागि प्रधानमन्त्री कार्कीलाई औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा अध्यक्ष चौधरीले थारू समुदायका माग र मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो । उहाँले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि थारू समुदायको निजामती सेवामा आरक्षणको विषय सुनिश्चित हुन नसकेको गुनासो व्यक्त गर्नुभयो । प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्था भइसकेका हक अधिकारको प्रचलन कसैले रोक्न नहुने स्पष्ट धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानले दिएको अधिकार कसले र किन रोक्यो? यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन । म यसप्रति चिन्तित छु । संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन ।” प्रधानमन्त्री कार्कीले नेपाल सबै समुदायको साझा फूलबारी भएकाले राज्यका हरेक तहमा सबै समुदायको उचित प्रतिनिधित्व हुनुपर्ने उल्लेख गर्नुभयो ।
सबैको सहभागिता र प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने उहाँको भनाइ थियो । थारू समुदायले प्रत्येक वर्ष माघे संक्रान्तिका दिन माघी पर्व परम्परागत रूपमा मनाउँदै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


