Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काभ्रे क्षेत्र नं. १ बाट कोशिपारीका एक मात्र युवा उम्मेदवारको रूपमा दिपक चौलागाईं सिफारिस


ग्लोबल पाना
सोमबार, पुस २१ २०८२
  • 392
    SHARES

  • images
    काभ्रे क्षेत्र नं. १ बाट कोशिपारीका एक मात्र युवा उम्मेदवारको रूपमा दिपक चौलागाईं सिफारिस

    काभ्रे । नेकपा एमाले काभ्रे क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोशिपारी क्षेत्रबाट एक मात्र युवा उम्मेदवारका रूपमा एमालेका युवा नेता दिपक चौलागाईंको नाम सिफारिस गरिएको छ। चौलागाईं चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउरालीमा बसोबास गर्दै आउनुभएको छ। २०६० सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आउनुभएका चौलागाईं सामाजिक सेवामा समेत निरन्तर सक्रिय हुनुहुन्छ।

    images
    images
    images

    काभ्रे क्षेत्र नं. १ कोशिपारीका चिनिएका युवा नेताका रूपमा परिचित उहाँले कामको सिलसिलामा करिब १० वर्ष विभिन्न क्षेत्रमा अनुभव हासिल गर्नुभएको छ भने हाल व्यवसायिक रूपमा चीनमा समेत संलग्न रहनुभएको छ। चौलागाईं रोटरी फेडेरेसन नेपाल, काभ्रेका पूर्व अध्यक्ष हुनुहुन्छ भने हाल रोटरी केन्द्रिय सदस्यका रूपमा पनि सक्रिय रहनुभएको छ। सामाजिक सेवा, नेतृत्व विकास र संगठन निर्माणमा अनुभव बटुलेका चौलागाईं काभ्रेली जनताको सारथि बनेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।

    आफ्नो उम्मेदवारी किन आवश्यक भन्ने प्रश्नमा उहाँले लोकतन्त्रको रक्षा र समानुपातिक समावेशीताको सुनिश्चितता, उत्पादन र रोजगारीमा युवाको सक्रिय सहभागिता, आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जेन्जी पुस्ताको भूमिका, पार्टीभित्र युवाप्रति आकर्षण बढाउने उद्देश्य प्रमुख रहेको बताउनुभयो। साथै न्याय, समानता र एकतामा आधारित सुदृढ पार्टी निर्माण गर्दै जनताको आशा र भरोसा बढाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ।

    “आजको आवश्यकता युवाको नेतृत्व र अनुभवी बृद्धहरूको सल्लाहको समन्वयमार्फत देशलाई नयाँ गति दिनु हो,” चौलागाईंले भन्नुभयो। काभ्रे क्षेत्र नं. १ का मतदातामाझ उहाँको उम्मेदवारीलाई युवामैत्री, कर्मशील र भविष्यतर्फ उन्मुख नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ