काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि युवा पुस्ताको सक्रियता देखिन थालेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व चयनको चहलपहल तीव्र बनेको छ । यही क्रममा इमान्दार, स्पष्ट दृष्टिकोण र व्यवसायिक निष्ठाका लागि चिनिएका युवा शैक्षिक परामर्श व्यवसायी प्रभात पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय पौडेललाई नैतिक अभ्यास, पारदर्शी कार्यशैली र सदस्यप्रति उत्तरदायी व्यवहार का कारण व्यवसायिक वृत्तमा विश्वासिलो व्यक्तित्वका रूपमा हेरिँदै आएको छ । उनले संघभित्र नीति, नियम र आचारसंहितालाई कागजमा मात्र होइन, व्यवहारमा लागू गर्ने इमान्दार प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवारी घोषणा गर्दै पौडेलले ईक्यानलाई सदस्य–मैत्री, उत्तरदायी र विश्वासयोग्य संस्था बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले भने, “संघभित्र सबै सदस्यले अपनत्व महसुस गर्ने वातावरण बनाउन इमान्दार नेतृत्व आवश्यक छ, र त्यसको अभ्यास म आफूबाट सुरु गर्नेछु ।” शैक्षिक परामर्श व्यवसायमा देखिएका विकृति, अस्वस्थ प्रतिस्पर्धा र अव्यवस्थित अभ्यास सुधार गर्न नैतिकता र सुशासनलाई पहिलो प्राथमिकता दिने उनको भनाइ छ ।
व्यवसायिक हित र संस्थागत मर्यादाबीच सन्तुलन कायम गर्दै सबै सदस्यसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता पनि उनले दोहोर्याएका छन् । सभ्य, मर्यादित र परिणाममुखी कार्यशैलीमार्फत ईक्यानलाई अझ सशक्त र विश्वासिलो संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै प्रभात पौडेलले शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, नैतिक र दीर्घकालीन रूपमा मजबुत बनाउने आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरे ।
उनले सदस्यहरूको आवाज केन्द्रमा राखेर काम गर्ने, पारदर्शी नेतृत्व अभ्यास गर्ने र ईक्यानलाई युवामैत्री तथा व्यवसायमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण मतदाता सदस्यको विश्वास, साथ र समर्थन प्राप्त हुनेमा आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


