Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

उपभोक्तालाई इन्धन अभाव हुन नदिने हाम्रो प्रतिबद्धता हो : कार्यकारी निर्देशक डा.भट्ट


ग्लोबल पाना
आइतबार, पुस २७ २०८२
  • 375
    SHARES

  • images
    उपभोक्तालाई इन्धन अभाव हुन नदिने हाम्रो प्रतिबद्धता हो : कार्यकारी निर्देशक डा.भट्ट

    काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको उपस्थितिमा वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् । उनले निगमलाई सबल र प्रतिस्पर्धी बन्नुपर्ने सुझाव दिएका छन् ।

    images
    images
    images

    संधै पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने भन्दै उनले उक्त सुझाव दिएका हुन् ।संस्थागत सुशासनलाई मजबुत बनाएर लैजानुपर्ने सुझाव दिँदै उनले पारदर्शी बन्न, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता राख्न भने । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपूर्ण हुनुपर्ने बताएका छन् ।

    निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले जुनसुकै परिस्थितिमा पनि उपभोक्ताको इन्धनको आवश्यकतालाई निगमले परिपूर्ति गर्दै आएको बताए । त्यस्तै मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको डा. भट्टले स्पष्ट पारे । डा.भट्टले गत वर्ष ३ खर्ब ६७ अर्ब रुपैयाँको कारोबार भएकोमा १३ अर्ब रुपैयाँ नाफा कमाएको वार्षिकोत्सवमा जानकारी गराए ।

    सरकारलाई १ खर्ब २४ अर्ब राजस्व योगदान गरेको उनले उल्लेख गरे । पाइपलाइन निर्माणले पेट्रोल र डिजेलको चुनौतीपूर्ण ढुवानी सहज भएको भन्दै उनले हरित ऊर्जातर्फ जानका लागि इथानोलको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ