Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 


ग्लोबल पाना
सोमबार, पुस २८ २०८२
  • 356
    SHARES

  • images
    महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रम अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गएको कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो । 

    images
    images
    images

    महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ ।  संख्याका आधारमा धेरैबाट क्रमशः घट्दो क्रममा रहेको वडाहरुमा वडा नं. १६ मा ५६४ वटा, वडा नं. १५ मा ४५६ वटा, वडा नं. ३१ मा ४१९ वटा, वडा नं. ७ मा ४०७ वटा, वडा नं. ३२ मा ३८५ वटा, वडा नं. १४ मा २५८ वटा कुकुरको बन्ध्याकरण गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

    यस्तै वडा नं. १० मा २३६ वटा, वडा नं. ३ मा २१५ वटा, वडा नं. २६ मा १८७ वटा, वडा नं. ४ मा १६० वटा, वडा नं. ५ मा  १३८ वटा, वडा नं. ८ मा ११४ वटा, वडा नं. १ मा ११३ वटा, वडा नं. १२ मा ११३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।  यस्तै वडा नं. १३ मा १०१ वटा, वडा नं. ९ मा ९८ वटा, वडा नं. ११ मा ७४ वटा, वडा नं. २० मा ६१ वटा, वडा नं. २८ मा ५७ वटा, वडा नं. २९ मा ५६ वटा, वडा नं. १७ मा ५५ वटा, वडा नं. १९ मा ४१ वटा, वडा नं. २ मा ३२ वटा, वडा नं. २३ मा ३२ वटा, वडा नं. २४ मा ३१ वटा र वडा नं. ३० मा १२ वटा कुकुरको बन्ध्याकरण भएको छ ।

    महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको हो ।  बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने क्रममा पशु कल्याणको पूर्ण पालना गरिएको, कुकुरलाई नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने, २४ घण्टा निगरानीमा राख्ने र स्वस्थ्य भएपछि पुनः पुरानै स्थानमा छाड्ने गरिएको विभागका प्रमुख न्यौपानेको भनाइ छ ।

    यस प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा महसुस नहोस् भन्ने कुरालाई ध्यान दिने गरिएको उहाँको भनाइ छ ।  यो कार्यक्रमबाट सहरमा भएका सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र रेबिज जस्ता रोगको जोखिम घटाउन मद्दत पुग्ने महानगरपालिकाले अपेक्षा गरेको नतिजा हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ