काठमाडौं । स्वर्गीय कमला श्रेष्ठले आफू दृष्टिविहीन भएर पनि अपाङ्गता क्षेत्र र विशेष गरी दृष्टिविहीन अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्या उनु भएको र उहाँको वि.स.२०६० साल पुस २४ गते क्यान्सर रोगको कारण स्वर्गारोहण भएको थियो । उहाँले अपाङ्गता क्षेत्रमा पुर्यासउनु भएको योगदानको स्मरण र कदर गर्दै यही पुस २४ गते नेत्रहीन महिला संघ नेपालले नेत्रहीन संघ, वरिष्ठ समाजसेवी डा.मदन मानन्धर, वरिष्ठ चित्रकार हरिप्रसाद शर्मा पौडेल, वरिष्ठ समाजसेवी ज्योति के.सी.र राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नाइटिङ्गेल स्कुलका प्रधानाध्यापक रञ्जना प्रधानको सहयोगमा स्वर्गीय कमला श्रेष्ठको २२ औ स्मृति दिवस काठमाडौंमा सम्पन्न गरिएको छ ।
यसै क्रममा उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा नाइटिङ्गल स्कुलका प्रधानाध्यापक रञ्जना प्रधानले अपाङ्गता अभियन्ता स्वर्गीय कमला श्रेष्ठ प्रति दीप प्रज्वलन गरी पुष्प गुच्छा चढाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो । साथै उहाँले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको क्षेत्रमा स्वर्गीय कमला श्रेष्ठले पुर्यावउनु भएको योगदानलाई कसैले पनि बिर्सन नहुने भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका छोराछोरीलाई पढाउन कुनै कठिनाइ भएमा आफ्नो नाइटिङ्गेल स्कुलमा छात्रवृत्ति उपलब्ध गराएर पढ्ने अवसर प्रदान गर्ने भन्दै उनीहरूको खेलकुद, शिक्षा, स्वास्थ्य र अन्य विषयमा पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गत पुस २४ गते पनि नेत्रहीन महिला संघ नेपालले स्वर्गीय कमला श्रेष्ठको २२ औ स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा आयोजक संस्थाकी संस्थापक अध्यक्ष, हालकी सल्लाहकार एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै स्वर्गीय कमला श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भयो ।
यस कार्यक्रममा उहाँले स्वर्गीय कमला श्रेष्ठले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू र महिलाहरूका लागि पुर्यारउनु भएको योगदानको स्मरण गर्दै उहाँकै प्रेरणाले नै वि.स.२०६७ सालमा नेत्रहीन महिला संघ नेपालको स्थापना गरेर नेत्रहीन अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकारका लागि काम गर्नुका साथै उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, आय-आर्जन लगायतका क्षेत्रमा काम गर्दै आएको बताउनु भयो ।
साथै उहाँले स्वर्गीय कमला श्रेष्ठको प्रेरणाले नै सबैलाई अगाडी बढ्न प्रेरणा मिलेको र उहाँको स्मरणका लागि कमला स्मृति कोषको स्थापना गरी दृष्टिविहीन अभिभावकका बालबालिकाहरू तथा महिलाहरूलाई शैक्षिक विकासका लागि सहयोग गर्दै आएको बताउनु भयो । त्यसै गरी अपाङ्गता जगतमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएकी वरिष्ठ समाज सेवी ज्योति के.सी.ले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरू र उनीहरूका बालबालिकाहरूको शिक्षाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको आगामी दिनमा पनि गर्ने र सहयोगीदाताहरूसँग भेटाएर सहयोग जुटाउने अभियानमा लागि परेको बताउनु भयो ।
उहाँले विगतका वर्षहरूमा स्याङ्जा निवासी दृष्टिविहीन महिला मुना अर्याललाई उच्च शिक्षाको लागि र पोखरा पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत रिता थापालाई पनि वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिएको बताउँदै काठमाडौँको डाँछीमा रहेको नेपाल नेत्रहीन सङ्घद्वारा सञ्चालित छात्रावासमा बसेर स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नु हुने दृष्टिविहीन महिला जानुका खनाललाई पनि वार्षिक रु १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नु भयो । यस वर्ष पनि उहाँले नेपालगन्जका सुकुमाया कुमालका छोरा सुरज कुमाल, नेपालगन्जकै देवी थापा तामाङका २ जना छोरीहरू, कञ्चनपुरका करण साउदका ३ जना छोराछोरी, काठमाडौँका जोयल बाणेकार लगायतका दृष्टिविहीन अभिभावकका सन्तान र दृष्टिविहीन अपाङ्गता भएका महिलाहरूको विद्यालय स्तर देखि उच्च शिक्षा अध्ययन गर्ने व्यक्तिहरूलाई स्वयम आफै र प्याप्सनका उपाध्यक्ष सङ्गीता सिलवाल, आफ्नै विद्यार्थी काजल राई र समाज सेवी रेनुका कार्की मार्फत छात्रवृत्ति उपलब्ध गराएको बताउनु भयो ।
उहाँले सिराहा, सप्तरी, कपिलवस्तु, नेपालगन्जका केही दृष्टिविहीन अभिभावकका सन्तानको शिक्षालाई निरन्तरता दिनको लागि रु १८ हजार नगद छात्रवृत्ति स्वरूप नेत्रहीन महिला संघकी कोषाध्यक्ष गौरी थापालाई हस्तान्तरण गर्नु भयो । सो कार्यक्रममा समाज सेवी ज्ञानप्रसाद खनालले सिता पास्वानको बच्चाको छात्रवृत्तिको लागि रु ६ हजार नगद प्रदान गर्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको आय-आर्जनका लागि सीप मूलक कार्यक्रम सञ्चालन गर्न सकिने र सीप सिक्नको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा आयोजक संस्था नेत्रहीन महिला संघकी संस्थापक अध्यक्ष हालका सल्लाहकार एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले रुपन्देहीकी दिलमाया चौधरीको छोरा र भक्तपुर निवासी सिता राउतकी छोरी सीमा राउत गरी २ जनालाई वार्षिक रूपमा ६/६ हजारका दरले छात्रवृत्ति प्रदान गर्नु भयो ।
२२ औ कमला स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका सन्तान र दृष्टिविहीन महिलाहरूका लागि जति पनि छात्रवृत्ति तथा न्यानो कपडा वितरण गरिन्छ ती प्राप्त सामग्रीहरूको सही सदुपयोग गर्नु हुन आग्रह गर्दै छात्रवृत्ति, स्टेशनरी प्राप्त गर्ने दृष्टिविहीन विद्यार्थीहरूले मेहनत गरेर पढ्नु पर्ने र यस विषयमा अभिभावकहरूले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो ।
यस वर्षको कमला स्मृति दिवसका अवसरमा गत कात्तिक २४ गते देखि मङ्सिर ७ गते सम्म भारत र श्रीलङ्कामा सम्पन्न पहिलो "महिला T20 विश्वकप क्रिकेट फर द ब्लाइण्ड २०२५ " मा नेपालको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्दै उपविजेता बन्न सफल नेत्रहीन महिला क्रिकेट टोली र नेत्रहीन क्रिकेट संघ नेपाललाई सम्मान पत्रद्वारा सम्मान पनि गरिएको थियो । साथै कमला स्मृति कोष मार्फत दैलेखका बेलकुमारी थापा, सिराहा रवि यादव, चितवनका प्रियङ्का प्रजालाई स्नातक तह र हुम्लाकी छाया सुनारलाई स्नातकोत्तर तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरियो ।
साथै उक्त कार्यक्रममा दृष्टिविहीन अभिभावकका १० जना छोराछोरीलाई शैक्षिक सामग्री, दशीम तामाङ, निशा गिरी, पूर्णिमा सुनार, ज्योति बस्नेत लगायतका ७ जनालाई न्यानो कपडा र ४ जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


