Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

योगले तनाव र जीवनशैलीजन्य रोग कम गर्छ : डा. पुनेश्वर केशरी


ग्लोबल पाना
बुधबार, पुस ३० २०८२
  • 552
    SHARES

  • images
    योगले तनाव र जीवनशैलीजन्य रोग कम गर्छ : डा. पुनेश्वर केशरी

    काठमाडौँ । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ आगामी २०८२ साल माघ १ गते देशभर एघारौँ राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ । नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णयअनुसार यस वर्ष पनि संघीय, प्रदेश तथा स्थानीय तहमा व्यापक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् ।

    images
    images
    images

    कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौंका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले योगको महत्वबारे धारणा राख्दै भन्नुभयो, “योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक सन्तुलन र आत्मअनुशासनको वैज्ञानिक पद्धति हो । बढ्दो नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि योगलाई नागरिकको दैनिक जीवनशैलीमा समावेश गर्नु अपरिहार्य छ ।”

    यस्तै, कार्यक्रममा आयुर्वेद तथा योग विशेषज्ञ डा. पुनेश्वर केशरीले योगको व्यवहारिक र उपचारात्मक पक्षमाथि प्रकाश पार्दै भन्नुभयो, “आजको भागदौडयुक्त जीवनशैलीमा मानिसहरू तनाव, चिन्ता र जीवनशैलीजन्य रोगको चपेटामा परिरहेका छन् । योगले शरीर, मन र आत्मालाई सन्तुलनमा राख्दै रोगको मूल कारणमै काम गर्छ । नियमित योग अभ्यासले औषधिमाथिको निर्भरता घटाई नागरिकलाई आत्मनिर्भर स्वास्थ्यतर्फ उन्मुख गराउँछ । तर, शरीरमा कुनै रोग भएमा वा स्वास्थ्य समस्या छ भने योग अभ्यास गर्नु अघि चिकित्सक वा योग विशेषज्ञको सल्लाह लिनु अत्यन्त आवश्यक छ ।”

    डा. केशरीका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मोटोपना, जोर्नी दुखाइ तथा मानसिक अवसादजस्ता समस्यामा सकारात्मक परिणाम दिएको छ । विशेषगरी ध्यान र प्राणायामले मानसिक शान्ति, स्मरणशक्ति र कार्यक्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको उहाँको भनाइ छ ।

    संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेअनुरूप आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा विस्तार गरिएको छ । हाल देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट प्रवर्द्धनात्मक तथा उपचारात्मक (थेराप्युटिक) योग सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभरका आयुर्वेद स्वास्थ्य संस्थाबाट २१ लाख ९० हजारभन्दा बढी नागरिकले योग सेवा लिएको तथ्याङ्कले योगप्रतिको बढ्दो जनविश्वास पुष्टि गरेको छ । योगलाई नागरिकको जीवनपद्धति बनाउने उद्देश्यले विद्यालय आयुर्वेद तथा योग कार्यक्रम र ७५३ वटै स्थानीय तहमा सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरूमार्फत नियमित योग सेवा प्रवाह भइरहेको छ । यसले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म योगको पहुँच विस्तार गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याएको विश्वास छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ