Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ॐ समाज डेण्टल अस्पताल र लायन्स क्लब अफ इन्द्र अन्नपूर्णद्वारा निःशुल्क स्वास्थ्य शिविर, १४५ भन्दा बढी लाभान्वित


शनिबार, माघ ३ २०८२
  • 431
    SHARES

  • images
    ॐ समाज डेण्टल अस्पताल र लायन्स क्लब अफ इन्द्र अन्नपूर्णद्वारा निःशुल्क स्वास्थ्य शिविर, १४५ भन्दा बढी लाभान्वित

    काठमाडौं । ॐ समाज डेण्टल अस्पताल र Lions Club of Kathmandu Indra Annapurna Yoga को संयुक्त आयोजनामा हरेक महिनाको पहिलो शनिबार सञ्चालन हुँदै आएको नियमित सेवाअन्तर्गत आज माघ ३ गते कलंकी चोकमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

    images
    images
    images

    समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजित उक्त शिविर अत्यन्त फलदायी भएकोअध्यक्ष लायन उदय प्रसाद भण्डारी, साथै पूर्व अध्यक्ष लायन इन्द्रबहादुर ले जानकारी दिएका छन्। शिविरमा दन्त सम्बन्धी निःशुल्क चेकजाँच तथा दाँत सरसफाइ, मधुमेह (डायबिटिज) तथा रक्तचाप (प्रेसर) परीक्षण, साथै रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। Dental तथा diabetes check-up का लागि गरिएको दर्ताअनुसार १४५ जनाभन्दा बढी सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।

    डाक्टर पुजा थापा भन्नू हुन्छ म अस्पताल बस्दा हाेस सिबिर मा सभागि भएको भध्य आजकाे शिबिर मा फरक पाए काठमाडौ काे मुटु मानिने कलंकी चाेक तर अाज गाउँ गाउँ बाट आउनुभएका बुबा आमा काे दन्त परिक्षण गर्न पाउँदा धेरै खुसि छु । उक्त शिविर ॐ समाज डेण्टल अस्पताल नैकाप शाखाकी प्रमुख तथा लायन्स क्लबकी कोषाध्यक्ष अञ्जना खड्काको नेतृत्वमा सञ्चालन गरिएको हो। शिविर सफल र प्रभावकारी रूपमा सम्पन्न भएको जानकारी सचिव कृष्ण जंग थापा, बताउनुहुन्छ ।

    कार्यक्रममा Lions Club of Kathmandu Indra Annapurna Yoga का अध्यक्ष लायन उदय प्रसाद भण्डारी, पूर्व अध्यक्ष लायन इन्द्रबहादुर नेउपाने, सचिव कृष्ण जंग थापा, कोषाध्यक्ष अञ्जना खड्का, मेम्बरशिप कमिटी चेयरपर्सन लायन जिन माया चापागाईं (योगदान राष्ट्रको चन्द्रागिरी नगर समिति उपाध्यक्ष), क्लबका आजीवन सदस्य लायन कमला बोहरा र लायन सङ्गिता साही लगायतको सक्रिय उपस्थिति रहेको थियो ।

    लायन्स क्लबका पदाधिकारीहरूले नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित, आर्थिक रूपमा कमजोर तथा व्यस्त जीवनशैलीका कारण अस्पताल पुग्न नसक्ने नागरिकलाई लक्षित गरी कलंकी चोकलाई सेवा केन्द्रका रूपमा विकास गरिएको बताएका छन्। हरेक महिनाको पहिलो शनिबार निरन्तर रूपमा सञ्चालन हुँदै आएको यस सेवामूलक अभियानले समुदायमा स्वास्थ्यप्रति सकारात्मक चेतना फैलाउन उल्लेखनीय योगदान पुर्‍याएको उनीहरूको भनाइ छ ।

    रक्तदान कार्यक्रमलाई जीवनरक्षक अभियानको रूपमा प्रवर्द्धन गर्दै त्रिवि शिक्षण अस्पताल रक्तसञ्चार केन्द्र, कीर्तिपुर को बाक्लो उपस्थिति रहेको थियो। स्वयंसेवी रक्तदाताहरूको उत्साहजनक सहभागिताले रक्त सञ्चयमा सहयोग पुगेको आयोजकले जनाएको छ। उक्त शिविरमा Lions Club of Kathmandu Anand Bhairav, योगदान राष्ट्र, ॐ समाज लगायत संस्थाहरूको सहकार्य रहेको थियो। चिकित्सक, दन्त चिकित्सक, प्राविधिक टिम, स्वयंसेवक तथा सहकार्य गर्ने संघ–संस्थाको संयुक्त प्रयासमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

    सेवा लिएका स्थानीय नागरिकहरूले निःशुल्क, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। समयमै दन्त, मधुमेह तथा रक्तचापसम्बन्धी समस्या पहिचान हुँदा भविष्यमा हुने जटिलता न्यूनीकरण गर्न मद्दत पुग्ने उनीहरूको प्रतिक्रिया छ । आयोजक संस्थाले प्राविधिक टिम, सहकार्य गर्ने सबै संघ–संस्था तथा स्वयंसेवी रक्तदाताप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम आगामी दिनमा पनि निरन्तर र अझ प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ