Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डा. सुवास घिमिरेको पहलमा ‘सडकदेखि सदनसम्म’ अभियानको स्वास्थ्य शिविर माछापोखरीमा, सयौं नागरिकले पाए निःशुल्क सेवा


ग्लोबल पाना
आइतबार, माघ १८ २०८२
  • 776
    SHARES

  • images
    डा. सुवास घिमिरेको पहलमा ‘सडकदेखि सदनसम्म’ अभियानको स्वास्थ्य शिविर माछापोखरीमा, सयौं नागरिकले पाए निःशुल्क सेवा

    काठमाडौं । ॐ समाज डेण्टल अस्पतालद्वारा सञ्चालन गरिएको सामाजिक अभियान ‘सडकदेखि सदनसम्म’ अन्तर्गत काठमाडौंको माछापोखरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनस्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको उक्त शिविरमा सयौँ सर्वसाधारणले दन्त तथा स्वास्थ्य सेवा लिएका छन् ।

    images
    images
    images

    बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको शिविर ॐ समाज डेण्टल अस्पताल र रोल्पाली चेली फाउण्डेसनको सहकार्यमा सम्पन्न भएको हो । शिविरमा कलाकार, पत्रकार, चिकित्सक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा ॐ समाज डेण्टल अस्पतालका मुख्य सञ्चालक डा. सुवास घिमिरेले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै, “सकेसम्म कसैले पनि अस्पताल धाउन नपरोस् भन्ने उद्देश्यले हामीले रोकथाममुखी सेवा र जनचेतनालाई प्राथमिकता दिएका छौँ,” भन्नुभयो । उहाँले यस्ता शिविरहरूले समुदायस्तरमै स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास व्यक्त गर्नुभयो ।

    डा. घिमिरेको नेतृत्वमा ॐ समाज डेण्टल अस्पतालले विगतदेखि नै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्दै आएको छ । ‘सडकदेखि सदनसम्म’ अभियान अन्तर्गत माछापोखरीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविर मा युवा अभियन्ता तथा सामाजिक व्यक्तित्व राजन थापाको सक्रिय भुमिका रहेकाे थियाे ।

    शिविर व्यवस्थापनदेखि सेवाग्राही समन्वयसम्म अग्रपंक्तिमा खटिएका थापाले यस्ता कार्यक्रमले स्वास्थ्य सेवामा पहुँच नपुगेका वर्गलाई प्रत्यक्ष राहत दिने बताउनुभयो । “स्वास्थ्य सेवा केवल अस्पतालभित्र सीमित हुनु हुँदैन, यसलाई समुदायसम्म लैजानु नै आजको आवश्यकता हो,” उहाँले भन्नुभयो । थापाले युवाहरू सामाजिक सेवामा अग्रसर भए मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै, ॐ समाज डेण्टल अस्पतालले थालेको अभियान प्रेरणादायी रहेको प्रतिक्रिया दिनुभयो ।

    कार्यक्रममा विशेष रूपमा रोल्पाली चेली फाउण्डेसनकी अध्यक्ष यमकला (यमुना) के.सी.को सक्रिय उपस्थिति र भूमिका उल्लेखनीय रहेको थियो । उहाँले महिला, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा फाउण्डेसनले निरन्तर काम गर्दै आएको बताउँदै, “स्वास्थ्य सेवा पहुँचबाट वञ्चित वर्गसम्म पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो,” भन्नुभयो ।

    सोही अवसरमा यमकला के.सी.ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिएको जानकारी गराउँदै, जनसेवा र सामाजिक अभियानलाई राजनीतिक यात्रासँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबैको साथ, सहयोग र आशीर्वादको अपेक्षा समेत गर्नुभयो ।

    स्थानीयवासीले निःशुल्क र गुणस्तरीय सेवा पाएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन् । ॐ समाज डेण्टल अस्पतालले यस्ता सामाजिक तथा स्वास्थ्य केन्द्रित कार्यक्रमलाई निरन्तरता दिएकाेमा खुसि व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ