Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देउराली–जनता फर्मास्यूटिकल्सले ४७५ करोड लगानीमा नयाँ औषधि उद्योग विस्तार गर्ने


ग्लोबल पाना
मंगलबार, माघ २० २०८२
  • 302
    SHARES

  • images
    देउराली–जनता फर्मास्यूटिकल्सले ४७५ करोड लगानीमा नयाँ औषधि उद्योग विस्तार गर्ने

    काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्रा.लि. ले थप ४७५ करोड रुपैयाँ लगानी गरी नयाँ परियोजना विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो। कम्पनीका अनुसार उत्पादनलाई विविधीकरण गर्दै क्षमता वृद्धि गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक नयाँ कारखाना निर्माण गरिनेछ ।

    images
    images
    images

    प्रस्तावित उक्त उद्योगमा थप ४७५ करोड लगानी गरिने र आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । परियोजना सम्पन्न भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने कम्पनीले जनाएको छ । विगत ३५ वर्षदेखि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्दै आएको देउराली–जनता नेपालकै अग्रणी औषधि उद्योगको रूपमा स्थापित हुँदै आएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले नयाँ तथा अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने उद्देश्यलाई निरन्तर कार्यान्वयन गर्दै औषधि आयातमा रहेको परनिर्भरता घटाई देशलाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत जीवन रक्षक औषधि तथा दीर्घ रोग उपचारमा आवश्यक क्याप्सुल, ट्याब्लेट, लिक्विड, मलहम, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधिहरु अनुसन्धान, उत्पादन तथा गुणस्तर परीक्षण गर्दै आएको छ । यसका लागि सुविधा सम्पन्न कारखाना र आधुनिक उपकरणको प्रयोग भइरहेको कम्पनीको भनाइ छ । विश्वका विभिन्न देशबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिकसहित करिब ६७५ कर्मचारीको सीप, परिश्रम र नवीन सोचले देउराली–जनतालाई नेपाली जनतामाझ विश्वासिलो नाम बनाएको कम्पनीले जनाएको छ ।

    ३५ औँ वार्षिकोत्सवका अवसरमा विगतका अनुभवलाई उपयोग गर्दै औषधिको गुणस्तर अझै सुधार गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन योगदान गर्ने संकल्प पनि कम्पनीले दोहोर्‍याएको छ । देउराली–जनता अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय औषधि उत्पादन गर्ने नेपालकै पहिलो उद्योगको रूपमा परिचित छ । कम्पनीले cGMP तथा वातावरणीय मापदण्ड पूरा गर्दै ISO 9001, ISO 14001 र विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्डअनुसार WHO-GMP प्रमाणपत्र प्राप्त गरेको नेपालको पहिलो औषधि कम्पनीका रूपमा पहिचान बनाएको छ ।

    यसले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको कम्पनीको दाबी छ । कुशल संस्थागत व्यवस्थापन, प्रशासनिक पारदर्शिता, कर्मचारीमैत्री नीति र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै देउराली–जनता उत्पादन प्रणाली, गुणस्तर र व्यवसायिक आचरणलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने दिशामा निरन्तर अघि बढिरहेको जनाएको छ । कम्पनीले भविष्यमा नेपाली औषधिलाई विश्व बजारमा निर्यात गर्ने सम्भावनालाई साकार पार्न समेत निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ