Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जर्मनीमा नेपाली खेलाडी सुजन कक्षपतिले जिते दुई स्वर्ण


ग्लोबल पाना
सोमबार, चैत २ २०८२
  • 354
    SHARES

  • images
    जर्मनीमा नेपाली खेलाडी सुजन कक्षपतिले जिते दुई स्वर्ण

    काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । जर्मनीको रेजेन्सवर्गमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राईले जनाएका छन् ।

    images
    images
    images

    वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) द्वारा आयोजित प्रतियोगितामा सुजनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसनल फम विथ वेपनमा प्रतिस्पर्धा गरेका थिए । चाइनिज क्रिएटिभ फममा सुजनले २३.०२ अंक जोडे । यो स्पर्धामा ५ जना सहभागी थिए ।

    ७ खेलाडीले भाग लिएको ट्रेडिसनल फम विथ वेपनमा सुजनले २२.५८ अंक जोडे । प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहेको नेपाल उमा कुङफु संघले जनाएको छ । सुजन सातौं राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता पदक विजेता हुन् । सुजन मंगलबार स्वदेश फर्किदै छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ