Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ-शिवपुरी ट्रायल रेस शनिबार


ग्लोबल पाना
बुधबार, चैत ११ २०८२
  • 297
    SHARES

  • images
    पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ-शिवपुरी ट्रायल रेस शनिबार

    काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ÷शिवपुरी खुला ट्रायल रेस शनिबार हुने भएको छ । दौडमा पुरुष÷महिला गरी करिब १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं वडा ३ का सदस्य विकास तामाङले जनाएका छन् । दौड १५ किलोमिटर दूरीको हुनेछ ।

    images
    images
    images

    दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो र पाँचौं स्थानमा रहने खेलाडीलाई समान ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ । दौडको उद्देश्य बारे प्रकाश पार्दै वडा ३ का अध्यक्ष आकाश धितालले भने– ‘खेलकुदको माध्यमबाट आन्तरिक पर्यटनको विकास र प्रवद्र्धन गर्नु हो ।

    साथै यस क्षेत्रको विविधता, प्राकृतिक सुन्दरता, श्रोत साधन र सामाथ्र्याका बारे आम नागरिकमा परिचित गराउनु पनि हो ।’ बूढानीलकण्ठ मन्दिरबाट सुरु हुने दौड राष्ट्रिय पार्कको गेट, घुम कत्ने, छाप भन्झ्याङ, महादेवथान, शिवपुरी, बाघद्वार, देउराली, मुलाबारी, नागी गुम्बाहुँदै पुनः बूढानीलकण्ठ मन्दिरमै टुंगिने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ