Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

१६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी


ग्लोबल पाना
शनिबार, माघ १४ २०७९
  • 250
    SHARES

  • images
    १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

    काठमाडौं । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ ।

    images
    images
    images

    ७० औँ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार ललितपुरको गोदावरी नगरपालिका-५ लेलेस्थित आनन्दवन अस्पतालले आयोजना गरेको अन्तरक्रियामा नेपालका १६ जिल्ला झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम कुष्ठरोग मुक्त हुन बाँकी रहेको जानकारी दिइयो ।

    अन्तरक्रियामा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने बताए ।

    नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यार्थीलाई पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिए ।

    मिसनका नेपाल निर्देशक शोभाकर कँडेलले वर्षमा दुई हजारदेखि तीन हजार कुष्ठरोगका नयाँ बिरामी भेटिने गरेकोतथ्य राख्दै रोगमुक्त नेपालका लागि सबै क्षेत्रका व्यक्ति तथा व्यक्तित्व मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

    स्वास्थ्य विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा यो रोगका बिरामी रहेका भनाई राख्दै चालु आवमा १६ जिल्लामा यस रोगका बिरामी भेटिएका बताए ।

    ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले मुलुकमा लगभग तीन वर्षअघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेको भनाइ राखे ।

    अस्पतालका मेडिकल डाइरेक्टर डा महेश शाहले आफूहरूले यस अस्पतालबाट कुष्ठरोगका साथै ट्रमा र जनरल उपचार सेवा पनि दिने गरेको बताए । आनन्दवन अस्पताल सन् १९५७ मा दि लेप्रोसी मिसन अन्तर्राष्ट्रियको आर्थिक सहयोगमा स्थापित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकारूपमा सञ्चालन हुँदै आएको छ ।

    यस अस्पताल सन् २००५ देखि दि लेप्रोसी मिसन नेपाल भन्ने गैरसरकारी संस्थाद्वारा सञ्चालित कुष्ठरोगको विषेशज्ञ अस्पताल हो । यस संस्थामा कुष्ठरोगका लागि ८० शय्या निःशुल्क र ३० शय्या हाडजोर्नी तथा अन्य रोगको लागि सःशुल्क गरी जम्मा एक सय १० शय्यारहेको अस्पतालका प्रसाशक शेरबहादुर गुरुङले जानकारी दिए ।

    अस्पतालमा कुष्ठरोगको विशेषज्ञ सेवाका साथै हाडजोर्नी, छाला तथा यौनरोग, बालरोग र अन्य सामान्य चिकित्सा सेवाको साथै विशेष फिजियोथेरापी, सर्वसुलभ प्याथोलोजी सेवा, एक्सरे र आवश्यकताअनुसार नक्कली खुट्टाका साथै विशेष जुत्तासमेत उपलब्ध रहेको आनन्दवन अस्पतालका तालिम केन्द्र प्रमुख राजकुमार पौडेलले जानकारी गराए ।

    विसं २०१३ मा तत्कालीन राजा महेन्द्र भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने स्थानमा कुष्ठरोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि यस्तोखालको अस्पताल चाहिन्छ भनेर विसं २०१५ मा लेलेको आनन्दवन अस्पताल स्थापना गराएको अन्तरक्रियामा जनाइएको थियो ।

    हाल यस अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ