काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण (आरएचडी÷सीएचडी स्क्रीनिङ्) गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय वितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराव बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु वाथको परीक्षण कार्यक्रम गरेका हौँ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुुमार के. सी. भन्नुहुन्छ, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौँ ।’
महानगरपालिकाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरुको जीवन बचाउन महानगरपालिकाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


