Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते


ग्लोबल पाना
आइतबार, माघ १५ २०७९
  • 312
    SHARES

  • images
    पोखरामा आत्मदाहको प्रयास, बचाउन जानेसहित दुई घाइते

    काठमाडौं । पोखरामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । पोखरा(१३) काहुँखोलामा डेरा गरी बस्ने एक पुरुषले आज शरीरमा लागो लगाइ आत्मदाहको प्रयास गरेका थिए ।

    images
    images
    images

    जल्दै गरेका उनलाई बचाउन गएकी एक महिला पनि घाइते भएकी छन् । ती दुवैलाई जलिरहेको अवस्थामा आज दिउँसो उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले जानकारी दिए ।

    “डेरा गरी बस्ने पुरुष जलिरहेको घरबेटीले देखेपछि उद्धार गर्न जाँदा आफू पनि जलेर घाइते भएका छन्”, उनले भने, “अहिले दुवै जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।”

    घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ