Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु


ग्लोबल पाना
बिहीबार , वैशाख ३ २०८३
  • 259
    SHARES

  • images
    हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् । उनीहरुलाई सुशिलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिने छन् । कुल १ सय पूर्णाङ्कको असेस्मेन्ट हुनेछ ।

    त्यसमा मल्टिपल च्वाइस क्वेसनमा ७५ अंक, प्राक्टिकलमा १५ अंक, विषयगतमा ५ अंक र आन्तरिकमा ५ अंक छुट्टाइएको छ । सेमिनार बैशाख १२ गतेसम्म चल्ने छ । यो सेमिनार गत वर्षदेखि सुरु भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ