Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम


ग्लोबल पाना
बिहीबार , वैशाख १७ २०८३
  • 245
    SHARES

  • images
    किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    काठमाडौं । किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ। यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ। KIST Teaching Hospital ले सन् २००६ देखि निरन्तर रुपमा बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।

    images
    images
    images

    अस्पतालले अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै कलेजो मात्र नभई मिर्गौला ट्रान्सप्लान्ट सेवा समेत सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भइसकेका छन्। यस पटकको प्रत्यारोपण विशेष भावनात्मक रूपमा महत्वपूर्ण रह्यो, जहाँ छोरीले आफ्नो बुबालाई मिर्गौला दान गर्दै जीवनदान दिने अनुपम उदाहरण प्रस्तुत गरिन् ।

    यो घटना केवल चिकित्सा सफलता मात्र नभई मानवता, माया र पारिवारिक बन्धनको गहिरो प्रतीक बनेको छ। किष्ट ग्यास्ट्रो सेन्टर, अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू तथा समर्पित मेडिकल टिमको साथमा, अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको छ । अस्पतालले जटिल शल्यक्रियाहरूलाई सफलतापूर्वक सम्पन्न गर्दै बिरामीहरूको जीवनमा नयाँ आशा जगाउँदै आएको छ ।

    अस्पताल प्रशासनका अनुसार, निरन्तर सुधार, प्रविधिको प्रयोग, र अनुभवी विशेषज्ञहरूको टिमवर्कका कारण किष्ट टिचिङ हस्पिटलले नेपालमै अंग प्रत्यारोपण सेवामा एक अग्रणी संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ । यो उपलब्धि सम्पूर्ण मेडिकल टिम, बिरामी तथा दाताहरूको विश्वास र समर्पणको परिणाम हो, जसले भविष्यमा अझ धेरै जीवन बचाउने प्रेरणा दिएको छ। किष्ट टिचिङ हस्पिटल / किष्ट ग्यास्ट्रो सेन्टर अंग प्रत्यारोपण सेवामा अग्रणी, नेपालमा स्वास्थ्य सेवाको नयाँ मानक स्थापित गर्दै ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ