Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अमेरिकासम्म फैलियो नेपाली दन्त सेवाको विश्वास : डा. सुवास घिमिरे र ॐ समाज डेण्टल अस्पतालको अन्तर्राष्ट्रिय पहिचान


बिहीबार , वैशाख २४ २०८३
  • 1,126
    SHARES

  • images
    अमेरिकासम्म फैलियो नेपाली दन्त सेवाको विश्वास : डा. सुवास घिमिरे र ॐ समाज डेण्टल अस्पतालको अन्तर्राष्ट्रिय पहिचान

    काठमाडौं । नेपालमा सञ्चालित दन्त स्वास्थ्य सेवाले अन्तर्राष्ट्रिय स्तरमै नयाँ पहिचान बनाउन थालेको छ। विशेषगरी Om Samaj Dental Hospital र चर्चित दन्त चिकित्सक डा. Subash Ghimire को सेवाले अहिले विदेशी बिरामीहरूको समेत मन जित्न सफल भएको छ। नेपालमै विश्वस्तरीय दन्त उपचार सम्भव छ भन्ने उदाहरण दिन सफल यो अस्पतालमा पछिल्लो समय विदेशबाट आउने बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

    images
    images
    images

    हालै अमेरिकाबाट नेपाल आएका एक बिरामी Mike ले उपचारपछि आफ्नो अनुभव सार्वजनिक गर्दै डा. सुवास घिमिरे र अस्पतालप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्। उनले आफूले अमेरिकामा समेत विभिन्न दन्त सेवा लिएको भए पनि नेपालमा पाएको आत्मीयता, आधुनिक प्रविधिसहितको उपचार र चिकित्सकको व्यवहारले निकै प्रभावित बनाएको बताएका छन्। डा. सुवास घिमिरे केवल नेपालभित्र सीमित चिकित्सक होइनन्। उनी प्रत्येक वर्ष अमेरिका पुगेर नेपाली तथा विदेशी बिरामीहरूको दन्त उपचारमा सक्रिय रूपमा संलग्न हुने चिकित्सकका रूपमा परिचित छन्।

    लामो अनुभव, आधुनिक उपचार पद्धति र बिरामीप्रतिको जिम्मेवार व्यवहारका कारण उनले नेपाल मात्र होइन, विदेशमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। यही कारणले धेरै विदेशी बिरामीहरू अहिले नेपाल आएर उपचार गराउन आकर्षित हुन थालेका छन्। Om Samaj Dental Hospital ले उपचारलाई केवल व्यवसाय नभई सेवाको माध्यम मानेर काम गर्दै आएको अस्पतालका व्यवस्थापन पक्ष बताउँछन्। अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक, सहज वातावरण र बिरामीमैत्री सेवाका कारण छोटो समयमै आम नागरिकदेखि विदेशी बिरामीसम्मको विश्वास जित्न सफल भएको हो।

    Mike ले उपचारपछि दिएको प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा समेत चर्चा बनेको छ। उनले “नेपाल आएर यस्तो स्तरको सेवा पाउँछु भन्ने कल्पना गरेको थिइनँ” भन्दै डा. सुवास घिमिरेको दक्षता र सम्पूर्ण टिमको व्यवहारको खुलेर प्रशंसा गरेका छन्। उनको भनाइले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सम्भव रहेको सन्देश दिएको छ। पछिल्लो समय नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना बढिरहेका बेला Om Samaj Dental Hospital जस्ता संस्थाले देशको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइतर्फ लैजान महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

    विदेशी बिरामीहरूको बढ्दो विश्वासले नेपाली चिकित्सकको क्षमता र सेवामाथिको अन्तर्राष्ट्रिय भरोसा झन् मजबुत बन्दै गएको देखिन्छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ