Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो : वडा सदस्य, ढुङ्गेल


ग्लोबल पाना
आइतबार, जेठ १७ २०८३
  • 261
    SHARES

  • images
    महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो : वडा सदस्य, ढुङ्गेल

    काठमाडौं । बालाजु उद्यानस्थित पौडी पोखरीमा जेठ १६ गते शनिवार देखि महानगर स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाहरुबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी हुनुहुन्छ । आयोजक वडाले अरु वडाहरुबाट अधिकतम ८ जनासम्म खेलाडी पठाउन पत्राचार गरेको थियो । यसबाट सबै वडाले सहभागी पठाउनु भएको वडा सदस्य सन्तोष ढुङ्गेलले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा हुनेछ । इन्डिभिज्युअल मेडले २ सय मिटर दुरीको हुनेछ । यस्तै महिला पुरुषको संयुक्त रिले पनि हुनेछ । वडा सदस्य ढुङ्गेलका अनुसार महानगरबासीहरुलाई सक्रिय जीवनका लागि प्रोत्साहित गर्न, शारीरिक अभ्यासमा क्रियाशील बनाउन, अन्तर वडा समन्वय बढाउन, स्थानीय स्तरबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेल्ने खेलाडी उत्पादन गर्न खेल आयोजना गरिएको हो ।

    खेलमा उत्कृष्ट महिला खेलाडी र पुरुष खेलाडीलाई नगद २५ हजार रुपियाँसहित पुरस्कृत गरिनेछ । खेलाडीहरुको प्रोत्साहनका लागि मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ