Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

छात्रवृत्तिको पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि शिफारिस


ग्लोबल पाना
शनिबार, जेठ २३ २०८३
  • 177
    SHARES

  • images
    छात्रवृत्तिको पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) बाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि शिफारिस

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३÷०८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ । यस अघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवम् आरक्षण र समूहगत रूपमा तोकिएको सिट संख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो ।

    images
    images
    images

    मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा छात्रवृत्ति परीक्षाको रोल नम्बर (महानगरपालिकाबाट प्रदान गरिएको), जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर जेठ २७ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ ।

    तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन भएको शिक्षण संस्था परिवर्तन गर्न पाइँदैन । प्रकाशित सूची अनुसार शिक्षामा ६ जना, मानविकीमा १२ जना, कानुनमा ५० जना, व्यवस्थापनमा १ हजार ४०१ जना र विज्ञानमा २ हजार २६६ गरी ३ हजार ७३५ जनाको नाम शिफारिस भएको छ ।

    यसमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, महानगरपालिकाभित्रका स्थायीबासीबाट ४९२ जना, सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गर्नेबाट १ हजार ५४५ जना, संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गर्नेबाट ४८१ जना, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३ जना, आदिबासी जनजातिबाट १७३ जना, खस आर्यबाट १९७ जना, छात्रा कोटाबाट ४४० जना, थारुबाट ३९ जना, दलितबाट ९६ जना, पिछडिएको क्षेत्रबाट ४६ जना, मधेशीबाट १४९ जना, मुस्लिमबाट २२ जना र सहिद, वेपत्ता पारिएकाका परिवार, जेन्जी आन्दोलन, द्वन्द्व पीडित परिवारबाट १४ जना विद्यार्थी शिफारिसमा परेका छन् ।

    यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थाका लागि ४ हजार ८५७ कोटा निर्धारण गरिएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिनुभयो । यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयहरुमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो ।

    छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । १८ गतेदेखि २० गते सम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो । यस अवधिमा ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन परेको थियो । यीमध्ये ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो । यस क्रममा रोल नं. १६३९२ को ओएमआर सिट केही दोव्रिएको अवस्थामा भेटिएकोले अङ्क परिवर्तन भयो । बाँकी सबैको आवदेकको प्राप्ताङ्क यथावत भयो ।

    यस अवधिमा विवरण सच्याउन निवेदन दिने विद्यार्थीको संख्या ९६ जना थियो । पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटहरूमा बाँकी रहेका विद्यार्थीहरुको योग्यता क्रम, शिक्षण संस्थाको प्राथमिकताका आधारमा २८ गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने समितिले जनाएको छ ।

    IMG-20260606-WA0019.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ