Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

यशोधा फुड्सको स्पष्टिकरण : २०२६/०२/२३-०४ए ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य


ग्लोबल पाना
बिहीबार , जेठ २८ २०८३
  • 267
    SHARES

  • images
    यशोधा फुड्सको स्पष्टिकरण : २०२६/०२/२३-०४ए ब्याचबाहेक अन्य करेन्ट चाउचाउ खान योग्य

    काठमाडौं । यशोधा फुड्स प्रा.लिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्रामको उत्पादन मिती तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका उत्पादन खान मिल्ने जनाएको छ ।

    images
    images
    images

    ‘खाद्य तथा गुण नियन्त्रण कार्यालयले जारी गरेको सूचना अनुसारको करेन्ट हट एण्ड स्पाईसी १०० ग्रामको उत्पादन मिति तथा ब्याच नम्बर २०२६/०२/२३-०४ए को चाउचाउ बाहेक अन्य मितिमा उत्पादित ब्याच नम्बर ०४ए वा सो भन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरु निर्वाध रुपमा उपभोग गर्न सकिन्छ ।’, कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

    त्यस्तै, कम्पनीले सो ब्याच बाहेकका अन्य उत्पादन ढुक्क भएर उपभोग तथा बिक्री वितरण गर्न पनि उपभोक्ता र बिक्रेता तथा अधिकृत बिक्रेतालाई आग्रह गरेको छ ।

    Screenshot_20260611_211326_Word.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ