Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

लाइफ कम्प्युटरद्वारा ‘सिजन ८’ को घोषणा, वेबसाइट निर्माण गरी प्रतिभा देखाउने अवसर


ग्लोबल पाना
मंगलबार, असार २ २०८३
  • 182
    SHARES

  • images
    लाइफ कम्प्युटरद्वारा ‘सिजन ८’ को घोषणा, वेबसाइट निर्माण गरी प्रतिभा देखाउने अवसर

    काठमाडौं । एसइई (SEE) परीक्षा दिएर बसेका विद्यार्थीहरूमा सूचना प्रविधिको व्यावहारिक ज्ञान र सिर्जनशीलता विकास गर्ने उद्देश्यका साथ लाइफ कम्प्युटरले ‘वेबसाइट निर्माण प्रतियोगिता - सिजन ८’ को आयोजना गरेको छ। आउँदो असार ६ गते काठमाडौँको होटल हार्दिकमा एक विशेष समारोहका बीच प्रतियोगिताको फाइनल कार्यक्रम हुने आयोजकले जनाएको छ।

    images
    images
    images

    प्रतियोगिताको तयारीका बारेमा जानकारी दिँदै लाइफ कम्प्युटरका प्रमुख कार्यकारी अधिकृत रमेश पोखरेलले समयको मागअनुसार प्रविधिको सही सदुपयोग आजको आवश्यकता रहेको बताउनुभयो। “हामी अहिले पूर्ण रूपमा डिजिटलाइज्ड युगमा छौँ। यो प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई प्रविधिमैत्री बनाउनु मात्र होइन, प्रविधिलाई आफ्नो जीवनशैलीको अभिन्न अङ्ग बनाएर कसरी सकारात्मक दिशामा अगाडि बढाउने भन्ने कुरा सिकाउनु हो,” पोखरेलले भन्नुभयो। उहाँले प्रविधिको माध्यमबाट विद्यार्थीहरूमा नकारात्मक प्रभावभन्दा पनि सिर्जनात्मक र ज्ञानवर्धक अभ्यासको संस्कार विकास गर्न यो प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    यसैगरी, कार्यक्रम संयोजक लक्ष्मी खत्रीले प्रतियोगिताको उद्देश्यबारे थप प्रकाश पार्दै भन्नुभयो, “विद्यार्थीहरूले यस प्रतियोगितामा वेबसाइट निर्माण गरी आफ्नो प्राविधिक कौशल र सिर्जनशीलता प्रस्तुत गर्नेछन्। यो प्रतियोगिता केवल प्रविधि सिक्ने माध्यम मात्र नभई उनीहरूको आत्मविश्वास र सार्वजनिक प्रस्तुतीकरणको क्षमता अभिवृद्धि गर्ने एक सशक्त मञ्चसमेत हो।” विगत आठ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रतियोगिता विद्यार्थीहरूका लागि प्रविधि र करियरको भविष्य कोर्ने एक विश्वसनीय प्लेटफर्म बनेको छ।

    किताबको सिद्धान्तलाई व्यवहारमा उतार्न चाहने विद्यार्थीहरूका लागि यो प्रतिस्पर्धा एउटा सुनौलो अवसर हो। देशभरका विभिन्न विद्यालयबाट विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने यो प्रतियोगितामा सहभागीहरूलाई लाइफ कम्प्युटरले विशेष प्राविधिक मार्गदर्शन उपलब्ध गराएको छ। वि.सं. २०६८ देखि सूचना प्रविधिको क्षेत्रमा सक्रिय लाइफ कम्प्युटर, आईटी (IT) प्रशिक्षणको एक अग्रणी संस्था हो। बागबजारमा मुख्य कार्यालय रहेको यस संस्थाले हाल ललितपुरको कुमारीपाटी र काठमाडौँको सोह्रखुट्टेमा समेत आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ।

    सफ्टवेयर विकास, मोबाइल एप निर्माण, वेब डिजाइन, डिजाइन तथा ग्राफिक मल्टिमिडिया जस्ता क्षेत्रमा व्यावसायिक तालिम प्रदान गर्दै आएको यस संस्थाले विद्यार्थीहरूलाई अत्याधुनिक र उद्योग-अनुकूल पाठ्यक्रममा आधारित शिक्षा दिन्छ। व्यावहारिक सिकाइ र वास्तविक प्रोजेक्टमा आधारित प्रशिक्षणलाई प्राथमिकता दिने लाइफ कम्प्युटरमा अनुभवी प्रशिक्षकहरूबाट व्यक्तिगत मार्गदर्शनको सुविधा उपलब्ध छ।

    प्रतियोगितामा सहभागी हुन वा थप जानकारी लिन इच्छुक विद्यार्थीहरूले लाइफ कम्प्युटरको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। असार ६ गते होटल हार्दिकमा हुने भव्य कार्यक्रमका बीच अन्तिम मूल्याङ्कन गरी विजेताको घोषणा गरिने आयोजकले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ