Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि


ग्लोबल पाना
आइतबार, असार ७ २०८३
  • 517
    SHARES

  • images
    स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

    काठमाडौं । आयोजक एन्जल्स हार्टले एन्जल्स हार्ट तेक्वान्दो थ्रिल फेस्टको उपाधि जितेको छ । शनिबार मनमैजुस्थित एन्जल्स हार्टको हाताभित्र सम्पन्न प्रतियोगितामा एन्जल्स हार्टले ७ स्वर्ण, १ रजत र ४ कांस्य पदक जित्दै टोलीगत उपाधि आफ्नो नाममा गरेको हो । प्रतियोगितामा काभ्रेस्थली तेक्वान्दो डोजाङ ४ स्वर्ण, २ रजत र ३ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो ।

    images
    images
    images

    यस्तै, ढल्कु तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो । व्यक्तिगततर्फ पुरुषतर्फ एनबीएफका सुशान्त पाण्डे उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ धौलागिरी तेक्वान्दो डोजाङकी रोजिना तामाङ उत्कृष्ट खेलाडी चुनिइन् ।

    प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन, उपाध्यक्ष यमबहादुर छन्त्याल, अपेनकी केन्द्रीय उपाध्यक्ष रेखा हमाल, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

    प्रतियोगितामा विभिन्न डोजाङका खेलाडीहरूको सहभागिता रहेको थियो । आयोजकले खेलकुदमार्फत अनुशासन, आत्मविश्वास तथा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ