Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

उमेर समूह विभाजन गरेर आयोजना गरिएको वडास्तरीय दौड प्रतियोगितामा ९४ प्रतियोगी दौडिए


ग्लोबल पाना
आइतबार, असार ७ २०८३
  • 219
    SHARES

  • images
    उमेर समूह विभाजन गरेर आयोजना गरिएको वडास्तरीय दौड प्रतियोगितामा ९४ प्रतियोगी दौडिए

    काठमाडौं ।  काठमाडौं महानगरपालिकाको वडा नं. १७ ले वडाबासीका बिच दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिवार उमेर समूहमा महिला र पुरुषका बिच भएको छुट्टाछुट्टै प्रतियोगितामा ९४ जना प्रतियोगी दौडिएका थिए । यसअन्तर्गत १० देखि १६ वर्ष उमेर समूहका १ पुरुष र महिलाका लागि १ किलोमिटर दुरी राखिएको थियो । यस समूहमा १९ जना प्रतियोगी हुनुहुन्थ्यो । १७ वर्षदेखि ३९ वर्षसम्म ३२ जना र ४० वर्ष माथि तथा भेट्रान समूहमा ४५ जना सहभागी हुनुहुन्थ्यो । यो समूहका लागि ४ किलोमिटर दुरी तय गरिएको थियो ।

    images
    images
    images

    यसरी ३ उमेर समूहका महिला र पुरुष गरी ६ वटा समूहमा प्रतियोगिता सम्पन्न गरिएको हो । मंगलादेवी सिंह शतवार्षिकी जन्म जयन्तीका अवसरमा वडा नं. १७ ले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १०–१६ उमेर समूहका पुरुषतर्फ लुजा महर्जन, स्वयम मगैया र अञ्जुस शाही तथा महिलातर्फ परी शाही, गरिमा महर्जन र सृष्टि महर्जनले क्रमशः पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।

    यस समूहको प्रथम हुनेलाई नगद १५ हजार रुपियाँ, दोस्रो हुनेलाई १० हजार रुपियाँ र तेस्रो हुनेलाई ५ हजार रुपियाँसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । १७ वर्षदेखि ३९ वर्ष उमेर समूहको पुरुषतर्फ निश्चलरत्न बज्राचार्य, अजित देउला र साजलराज जोशी र महिलातर्फ गनिशा महर्जन, प्राची मगैया र प्रीना खड्गीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको थियो । यस्तै ४० वर्षमाथि उमेर समूहका प्रतियोगीमध्ये महिलातर्फ लक्की थापा, ज्ञानी महर्जन र सरस्वती महर्जनले तथा पुरुषतर्फ साजन बस्नेत, विकेश श्रेष्ठ र अमनकुमार तुलाधरले पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।

    विजेता चारवटै समूहको पहिलो पुरस्कार २० हजार, दोस्रो पुरस्कार १५ हजार रुपियाँ र तेस्रो पुरस्कार १० हजार रुपियाँ थियो । प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार वितरणपछि संक्षिप्त प्रतिक्रियामा नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले, सकारात्मक समाज निर्माणका लागि खेल अपरिहार्य माध्यम भएको बताउनुभयो ।

    वडाबासीको अपेक्षा अनुसारका पूर्वाधार र सामाजिक क्षेत्रका काम सञ्चालन गरिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले, स्वस्थ्य समाज निर्माणको लक्ष्य राखेर विधागत खेलका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ