काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (NCSA) को मार्गदर्शनमा काठमाडौं उपत्यका विशेष समिति (KVSC) र बागमती प्रदेश नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको संयुक्त आयोजनामा हुने “टप रोप तथा लिड ओपन क्लाइम्बिङ च्याम्पियनसिप २०२६” सम्बन्धी पत्रकार सम्मेलन शुक्रबार काठमाडौंको बालुवाटारस्थित Royal Empire Boutique Hotel मा सम्पन्न भएको छ ।
आयोजकका अनुसार प्रतियोगिता आगामी जुलाई ११ र १२ (असार २७ र २८, २०८३) मा काठमाडौंको गोकर्णेश्वर–४, जगडोलस्थित Gateway Adventure Hub Climbing Center मा आयोजना गरिनेछ । प्रतियोगिताको उद्घाटन समारोह जुलाई ११ बिहान ७ बजे तथा पुरस्कार वितरण समारोह जुलाई १२ दिउँसो ४ बजे हुने तय गरिएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य नेपालमा क्लाइम्बिङ खेलको विकास, नयाँ प्रतिभाको पहिचान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन तथा युवापुस्तालाई साहसिक र स्वस्थ खेल गतिविधितर्फ आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत टप रोप क्लाइम्बिङ र लिड क्लाइम्बिङ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ । टप रोप क्लाइम्बिङमा नयाँ तथा शुरुवाती खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खुला प्रतिस्पर्धा राखिएको छ, जसको दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, पुरुष तथा महिला खुला प्रतिस्पर्धा समेटिएको लिड क्लाइम्बिङमा सहभागी हुन नेपाली नागरिक भई १७ वर्ष वा सोभन्दा माथिको उमेर हुनुपर्नेछ । यस विधाको दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
आयोजक समितिले प्रतियोगिताको सफल आयोजनाका लागि सहयोग पुर्याउने दीपक लामा सहित बागमती प्रदेश खेलकुद विकास परिषद्, प्रायोजक, साझेदार संस्था तथा सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ ।
साथै नेपालमा ओलम्पिक विधाको रूपमा विकास भइरहेको क्लाइम्बिङ खेलको प्रवर्द्धनमा सञ्चार क्षेत्रले पुर्याउँदै आएको योगदानको समेत उच्च प्रशंसा गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


