Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा


ग्लोबल पाना
बिहीबार , असार १८ २०८३
  • 265
    SHARES

  • images
    कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

    पोखरा । कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो । यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए ।

    images
    images
    images

    उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो । स्वस्थ्य नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भाबी नागरिक अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उल्लेख गर्नुभयो ।

    सो अबशरमा स्वास्थ्य मन्त्रालयका सचिब डा. युबानिधी बसौला, मन्त्रालयका अतिरिक्त सचिब खिम बहादुर खड्का, जि स स कास्कीका उप प्रमुख सरिता माल, जिल्ला खोप समन्वय समिति सदस्य सचिब मधुरजी ढकाल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आ आफ्नो भनाइ राख्नु भएको थियो ।

    सो कार्यक्रममा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने तथा सेवा अबकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेबिकाहरूलाइ सम्मान समेत गरिएको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ