Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंमै ३ ठाउँमा भेटियो कुखुरामा बर्डफ्लू


ग्लोबल पाना
सोमबार, माघ २३ २०७९
  • 255
    SHARES

  • images
    काठमाडौंमै ३ ठाउँमा भेटियो  कुखुरामा बर्डफ्लू

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा कुखुरामा बडैफ्लू पुष्टि भएको भेटिएको छ । ललितपुरस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान फार्ममा राखिएका टर्की जातको पक्षीमा बर्डफ्लू संक्रमण देखिए हो । बर्डफ्लू देखिएका तीनै ठाउँका संक्रमित ससबै टर्की नष्ट गरिएको केन्द्रले जनाएको छ ।

    images
    images
    images

    केन्द्रका पशुविज्ञ डा रामप्रकाश प्रधानका अनुसार नार्कको अनुसन्धान केन्द्रबाहेक काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नम्बर १ र ७ मा पनि बर्डफ्लूको संक्रमण पुष्टि भएको छ । नार्गाजुन नगरपालिका(६ रामकोटको एउटा कुखुरा फार्ममा पनि संक्रमण पुष्टि भएपछि संक्रमित सबै कुखुरालगायत सबै पक्षी आजै नष्ट गरिसकिएको बताइएको छ ।

    नागार्जुनमा रहेको फार्मबाट २५ हप्ताका १ हजार २७० लेयर्स कुखुरा, ४० हप्ताका ३ हजार ३२१ अन्यसमेत गरी ४ हजार ५९१ कुखुरा र २ हजार २५५ अण्डासमेत नष्ट गरिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-१ स्थित रहेको फार्मका ३ महिनाका ४६२ लोकल कुखुराका चल्ला र ५०८ ओटा हाँस पनि नष्ट गरिएका छन्।

    सोही फार्ममा रहेको २ सय केजी दानासमेत नष्ट गरिएको छ। तारकेश्वर नगरपालिका-७ मा रहेको फार्मबाट ९४० कुखुरा, ५ हजार ४६० अण्डा र १ हजार केजी दाना नष्ट गरिएको छ । अहिले यी ३ ठाउँबाहेक अन्य ठाउँमा बर्डफ्लू नरहेको र यी ३ ठाउँमा नियन्त्रणमा आइसकेको केन्द्रको दाबी रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ