Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

हिंसाग्रस्त क्षेत्रमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह


ग्लोबल पाना
बिहीबार , साउन १४ २०८३
  • 600
    SHARES

  • images
    हिंसाग्रस्त क्षेत्रमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

    काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सुनसरी, सिरहा लगायत तराईका विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सबै पक्षसँग आग्रह गरेको छ । अभियानले जारी गरेको प्रेस विज्ञप्तिमा सिराहामा भएको झडपका क्रममा अन्दाजी १८ वर्षीय एक बालकको गोली लागेर मृत्यु भएको तथा हिंसात्मक घटनाका कारण विभिन्न जिल्लाका विद्यालय बन्द हुनुपरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचार, संरक्षण र सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । सिजपले हालका हिंसात्मक घटनामा बालबालिका अग्रपंक्तिमा देखिएको र जोखिममा परेको उल्लेख गर्दै कर्फ्यु तथा निषेधाज्ञाको समयमा बालबालिकालाई घरमै सुरक्षित राख्न अभिभावकलाई अपिल गरेको छ ।

    विज्ञप्तिमा नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले प्रत्येक बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र विकासको अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै कुनै पनि राजनीतिक, सामाजिक वा सामुदायिक द्वन्द्वका कारण बालबालिका आफ्ना मौलिक अधिकारबाट वञ्चित हुन नहुने उल्लेख गरिएको छ । सिजपले नेपाल सरकार, प्रदेश सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा सबै सरोकारवालासँग हिंसात्मक गतिविधि तत्काल रोक्न, विद्यालयलाई सुरक्षित रूपमा नियमित सञ्चालन हुने वातावरण बनाउन, बालबालिकालाई हिंसा, द्वन्द्व र राजनीतिक प्रयोगबाट टाढा राख्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा प्रभावित बालबालिका र परिवारलाई मनोसामाजिक सहयोग र आवश्यक संरक्षण सेवा उपलब्ध गराउन आग्रह गरेको छ ।

    त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग, अन्य संवैधानिक निकाय तथा सम्बन्धित निकायलाई घटनाको शीघ्र अनुगमन, तथ्यपरक छानबिन र बालअधिकार संरक्षणका लागि आवश्यक पहल गर्न पनि अभियानले अनुरोध गरेको छ । सिजपका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय, सार्वजनिक स्थान र समुदायलाई बालबालिकाका लागि सुरक्षित तथा शान्तिक्षेत्रका रूपमा कायम राख्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी संयम, संवाद र शान्तिपूर्ण उपाय अपनाउन सबै पक्षसँग आह्वान गरेका छन् ।

    IMG-20260730-WA0093.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ