Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भरतपुर महानगर र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता


ग्लोबल पाना
मंगलबार, साउन १९ २०८३
  • 266
    SHARES

  • images
    भरतपुर महानगर र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

    चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषि राम कट्टेललाई भरतपुर महानगरपालिकामा कायम मुकायम प्रमुख चित्रसेन अधिकारीले स्वागत गर्नुभएको छ । भेटका क्रममा कृषि, वन, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा आपसी सहकार्य र साझेदारीलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो ।

    images
    images
    images

    महानगरपालिका र विश्वविद्यालयबीच समन्वयलाई अझ सुदृढ बनाउँदै स्थानीय आवश्यकता अनुरूप अनुसन्धान, प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउने विषयमा सकारात्मक विचार आदानप्रदान भएको जनाइएको छ । उक्त अवसरमा दुवै पक्षले कृषि, वन तथा शैक्षिक विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साथै, स्थानीय तह र शैक्षिक संस्थाबीचको सहकार्यले दिगो विकास, प्रविधि हस्तान्तरण तथा अनुसन्धानको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ