Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

डोङफेङ नामीको नयाँ ई–एसयूभी ‘भिगो ई–२’ नेपाली बजारमा, विशेष मूल्य ३५.९९ लाख


ग्लोबल पाना
बिहीबार , भदौ ४ २०८३
  • 167
    SHARES

  • images
    डोङफेङ नामीको नयाँ ई–एसयूभी ‘भिगो ई–२’ नेपाली बजारमा, विशेष मूल्य ३५.९९ लाख

    काठमाडौं । डोङफेङ नामीले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू मोटर्सले बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो । कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले नामी भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथिल्लो श्रेणीमा राखिएको पारिवारिक प्रयोजनका लागि उपयुक्त पूर्ण आकारको एसयूभीका रूपमा नेपाली बजारमा ल्याइएको बताए ।

    images
    images
    images

    कम्पनीले नयाँ एसयूभीको प्रारम्भिक विशेष मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । उक्त मूल्यमा आगामी भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोसम्म गाडी बुकिङ गर्न सकिने एमएडब्लू मोटर्सले जनाएको छ । उद्घाटन कार्यक्रममा अग्रवालले सरकारले पछिल्लो बजेटमार्फत ड्युटी संरचनामा गरेको परिवर्तनबाट प्राप्त लाभ ग्राहकलाई हस्तान्तरण गर्ने उद्देश्यले विशेष मूल्य निर्धारण गरिएको बताए । उनका अनुसार ड्युटी संरचनामा भएको परिवर्तनबाट प्राप्त मूल्य अन्तर कम्पनीको नाफामा राख्ने वा ग्राहकलाई दिने विषयमा आन्तरिक छलफलपछि ग्राहकलाई प्राथमिकता दिने निर्णय गरिएको हो ।

    एमएडब्लू मोटर्सका अनुसार नामी भिगो ई–२ नेपाली बजारमा किफायती मूल्यमा पारिवारिक प्रयोगका लागि विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरिएको छ । नयाँ मोडलको आगमनसँगै डोङफेङ नामीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ