काठमाडौं । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्या फार्माल्याव प्रा.लि.ले नेपाल सरकारलाई रु. ८२ लाख ५१ हजार ७५० बराबरको औषधि सहयोग गरेको छ । कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित नागरिकलाई स्वास्थ्य उपचारमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक औषधि उपलब्ध गराएको जनाएको छ ।
प्रभावित नागरिकको स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेमा उपचारमा प्रयोग हुने उपकरण तथा औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ । विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगले स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत समुदायमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीको विश्वास छ ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले राहत तथा पुनःस्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । आर्या फार्माल्यावले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


