Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

विपद्का बेला देउराली जनता फर्मास्युटिकल्सको साथ, औषधिसहित राहत सामग्री सहयोग


ग्लोबल पाना
शनिबार, भदौ १३ २०८३
  • 202
    SHARES

  • images
    विपद्का बेला देउराली जनता फर्मास्युटिकल्सको साथ, औषधिसहित राहत सामग्री सहयोग

    काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले देउराली–जनता फर्मास्युटिकल्स प्रालि. (DJPL) ले राहत सामग्री सहयोग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रभावित समुदायका लागि विभिन्न प्रकारका औषधि, खाद्य सामग्री, खानेपानी तथा कम्बल उपलब्ध गराएको हो ।

    images
    images
    images

    उक्त राहत सामग्री जिल्ला प्राकृतिक प्रकोप राहत समितिमार्फत नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको आर्मी ट्रेनिङ सेन्टरमा नेपाली सेनालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हस्तान्तरण गरिएका सामग्री प्रभावित क्षेत्रमा आवश्यकताअनुसार वितरण गरिने बताइएको छ । विपद्को कठिन समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामूहिक दायित्व भएको भन्दै DJPL ले देश र नागरिकसँग एकताबद्ध भएर उभिने प्रतिबद्धता जनाएको छ ।

    कम्पनीले यस्ता चुनौतीपूर्ण परिस्थितिमा सहयोग, सहकार्य र मानवीय संवेदनालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै समुदायको आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग जारी राख्ने जनाएको छ । ‘सँगै उभिऔँ, सँगै सहयोग गरौँ र सँगै पुनर्निर्माण गरौँ’ भन्ने भावनासहित DJPL ले विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ