Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन


ग्लोबल पाना
सोमबार, भदौ २२ २०८३
  • 289
    SHARES

  • images
    बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन

    ✍️डा. रोजन पोखरेल (मनोचिकित्सक)

    images
    images
    images

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण एकहजार बढीको निधन भएको छ । उक्त घटनामा परेर सयौँ व्यक्ति घाइते भएका छन् भने हजारौँ व्यक्ति अझैसम्म पनि वेपत्ता भएका छन् । बाढीले हजारौँ व्यक्तिलाई घरबारविहिन बनाएको छ । घरवारविहिन बनाएका व्यक्तिको स्वास्थ्यमा समस्या देखिन थालेको छ । एकातिर घर बाढीले बगाएको छ भने अर्कातर्फ परिवार र आफन्तलाई गुमाउनुपरेको छ । प्राकृतिक विपत्तिले मानिसको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ । यस्तो संवेदनशील समयमा मानसिक सन्तुलन कायम राख्न र पीडितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा ग्रान्डी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. रोजन पोखरेलले महत्वपूर्ण जानकारी दिनुभएको छ ।

    विगत ६ वर्षदेखि ग्राण्डी अस्पतालमा मनोचिकित्सकको रूपमा कार्यरत डा. पोखरेलका अनुसार, विपतको समयमा मानसिक व्यवस्थापनका लागि निम्न उपायहरू अपनाउन सकिन्छ ।

    १) व्यक्तिगत रूपमा गर्न सकिने अभ्यास विपदको समयमा मानिसहरू तनावमा हुने भएकाले सम्भव भएसम्म योग र ध्यान गर्दा मानसिक शान्ति मिल्छ । यसका साथै ‘डिप ब्रिदिङ’ (गहिरो श्वासप्रश्वास) अभ्यासले पनि शरीर र दिमागलाई शान्त राख्न मद्दत पुर्याउँछ ।

    २) मनोवैज्ञानिक प्राथमिक उपचार विपदमा परेका व्यक्तिहरूका गि मनोवैज्ञानिक प्राथमिक उपचार निकै प्रभावकारी हुन्छ । यसको पहिलो चरण भनेकै पीडितको कुरा ध्यान दिएर सुन्नु हो । उनीहरूको पीडा र अनुभवलाई सुनिदिँदा मात्रै पनि धेरै राहत महसुस हुन्छ ।

    ३) आधारभूत आवश्यकताको प्राथमिकता पीडितलाई सल्लाह वा प्रवचन दिनुभन्दा अघि उनीहरूको गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन गर्नु जरुरी हुन्छ । खान र बस्नकै ठेगान नभएको अवस्थामा दिइने उपदेशले प्रभावकारी काम नगर्ने डा पोखरेल बताउँछन् ।

    ४) समूहगत उपचार विपतको समयमा सामूहिक रूपमा छलफल गर्दा पीडितले ‘यो समस्या मलाई मात्र परेको होइन रहेछ, अरूले पनि यस्तै भोगिरहेका छन्’ भन्ने महसुस गर्छन् । यसले उनीहरूमा एक–अर्कालाई सहयोग गर्ने भावना र आत्मबल बढाउँछ ।

    ५) निद्राको समस्या र औषधिको प्रयोग विपदपछि धेरैमा तर्सिने, चिच्याउने, र निद्रा नलाग्ने (अनिद्रा) जस्ता समस्याहरू देखिन्छन् । सुत्ने बित्तिकै त्यही विपतको सपना देख्दा मानिस झनै तनावमा हुन्छन् । यस्तो अवस्थामा विशेषज्ञको सल्लाहमा अल्पकालीन रूपमा औषधिहरू (जस्तैः कोलानेजेपाम वा लोराजेपाम) प्रयोग गर्न सकिन्छ, जसले तनाव कम गर्न र निद्रा लगाउन मद्दत गर्छ ।

    डा. पोखरेलका अनुसार विपदपछिको पहिलो एक हप्ता मानसिक स्वास्थ्यका दृष्टिकोणले निकै चुनौतीपूर्ण हुने धेरै हेरचाह आवश्यक हुने र त्यसपछिका दिनमा पनि हेरचाह गर्नुपर्ने भएकाले यो समयमा उचित सहयोग र सहानुभूति प्रदान गर्नु अत्यन्तै आवश्यक छ ।

    (डा. पोखरेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मनोचिकित्सक हुन्)

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ