लमजुङ । लमजुङको राइनास नगरपालिका–५, तिनपिप्ले निवासी डा. त्रान्त्रिका राज खनाल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महेंद्ररत्न क्याम्पस, ताहाचलको सहायक क्याम्पस प्रमुखमा नियुक्त भएका छन् ।
शिक्षण तथा अनुसन्धान क्षेत्रमा लामो समयदेखि सक्रिय डा. खनाल जनसंख्या शिक्षा तथा सामाजिक विषयमा विशेष दख्खल राख्ने शिक्षाविद्का रूपमा परिचित छन् । अध्यापनसँगै सामाजिक तथा आर्थिक विषयमा अनुसन्धान गर्दै आएका उनका विभिन्न अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक जर्नलमा प्रकाशित छन् ।
लमजुङको राइनास नगरपालिका–५, तिनपिप्लेबाट उच्च शिक्षाको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल डा. खनालको यो नियुक्तिलाई जन्मथलो तथा समग्र लमजुङका लागि समेत गौरवको विषयका रूपमा हेरिएको छ । शिक्षण, अनुसन्धान र शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका खनालका लागि नयाँ जिम्मेवारी आफ्नो अनुभव र दक्षतालाई थप व्यापक रूपमा उपयोग गर्ने अवसरसमेत बनेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


