काठमाडौं । Cosmos Education, Training and Research Centre (CETARC) का निर्देशक रमेश पराजुलीको नेतृत्वमा बागमती प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ ।उज्ज्वल तारा स्कुललाई परीक्षा केन्द्र बनाएर आयोजना गरिएको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागी विद्यार्थीहरूले प्रतियोगितामार्फत आफ्नो प्रतिभा, सिर्जनशीलता तथा लेखन क्षमता प्रस्तुत गरेका थिए ।विद्यार्थीमा सिर्जनात्मक क्षमता, लेखन सीप र अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न निर्देशक पराजुलीको नेतृत्वमा CETARC तथा सम्बन्धित विद्यालयहरूले समन्वय र सहकार्य गरेका थिए ।
प्रतियोगिता सफल बनाउन परीक्षा केन्द्र उपलब्ध गराउने उज्ज्वल तारा स्कुल, सहभागी विद्यालय, शिक्षक–शिक्षिका, विद्यार्थी, आयोजक तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णप्रति निर्देशक पराजुलीले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
पराजुलीले विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहनका लागि यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


