Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images

नेपाल टेलिकमको एनटी फाइबरमा नयाँ वाई-फाई ६ प्याकेज: ५०० रुपैयाँ जडान शुल्क पूर्ण मिनाहा


ग्लोबल पाना
बिहीबार , असोज २९ २०८३
  • 62
    SHARES

  • images
    नेपाल टेलिकमको एनटी फाइबरमा नयाँ वाई-फाई ६ प्याकेज: ५०० रुपैयाँ जडान शुल्क पूर्ण मिनाहा

    काठमाडाैं । नेपाल टेलिकमले आफ्ना एफटीटीएच  अर्थात् एनटी फाइबर ग्राहकहरूका लागि वाई-फाई ६ मा आधारित नयाँ र सुलभ प्याकेजहरू सञ्चालनमा ल्याउने भएको छ । नेपाल टेलिकमद्वारा जारी विज्ञप्ति अनुसार “WiFi 6 Individual Package” अन्तर्गत १०० एमबीपीएसको वार्षिक प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ । 

    images
    images
    images

    यी वार्षिक प्याकेज लिने ग्राहकहरूले थप सुविधास्वरूप ८०० देखि १००० एमबीसम्मको मोबाइल डाटासमेत प्राप्त गर्नेछन् । यसका साथै टेलिकमले ३० एमबीपीएसको नयाँ वार्षिक प्याकेज मात्र ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

    १२ महिनाको समयावधि रहने यी सबै प्याकेजहरू जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ । टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यी सबै नयाँ अफरहरू २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ