Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज देखी हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु


ग्लोबल पाना
बिहीबार , फागुन ११ २०७९
  • 279
    SHARES

  • images
    आज देखी हात्तिपाइले रोग बिरुद्ध अभियान सुरु

    काठमाडौं । आज देखी हात्तिपाइले रोग बिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोग बिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णाली बाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन अभियान सुरु हुन लागेको हो ।जसअनुसार प्रदेश १ को झापा, मोरङ, मधेस प्रदेशका धनुषा तथा महोत्तरी, रौतहट, सर्लाही, बारामा सो औषधी सेवा अभियान सुरु हुनेछ । यसैगरी, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको लम्जुङ, पर्वत, बाग्लुङ र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, दाङ र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा सो अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको अनुसार तालिम प्राप्त स्वास्थ्यकर्मीले वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, बिद्यालय, सहकारी, धार्मिकस्थल आदिमा बुथ राखी यो औषधी खुवाइनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ